Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उत्साहपूर्ण वातावरणमा मनोनय दर्ता

काठमाडौं, भदौ २१ । आगामी असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचन प्रक्रियाअन्तर्गत प्रदेश नं. २ मा बुधबार उल्लासमय वातावरणमा मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

केही स्थानमा छिटफुट घटनाबाहेक २ नम्बर प्रदेशका धेरै स्थानीय तहमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन ।

बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि मनोनयन दर्ता गराउने समय तोकिएको थियो । तर धेरैपदका लागि धेरै जनाको मनोनयन दर्ता गर्नुपर्ने भएकाले निर्वाचन कार्यालयको हातभित्र ५ बजेअघि प्रवेश गरेको मनोनय दर्ता कार्य जारी रहेको पनि आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: