Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जितपुर सिमरा जित्नेमा माओवादीकै चर्चा

जितपुर सिमरा उपमहानगरपालिकामा माओवादीको पक्षमा चुनावी माहोल तातेको छ । २ असोजमा हुन लागेको दुई नम्वर प्रदेशको स्थानिय तह निर्वाचनमा वाराको जितपुरसिमरा उपमहानगरपालिका माओवादी केन्द्रले जित्ने आधार वलियो हुदै जान थालेको छ ।

काग्रेस–एमाले भित्रको आन्तरिक अन्तरकलह, माओवादीको पक्षमा उर्लिएको लहर र सामाजिक राजनीतिक छवि वनाएका उम्मेदवार चयन लगायतका कारण पन िमाओवादी केन्द्रले जितपुरसिमरा उपमहानगरपालिकाको परिणाम आफनो पोल्टामा पार्ने सम्भावना वलियो वन्दै गएको स्थानिय हरु वताउँछन् ।

उपमहानगरपालिकाकै सवैभन्दा वृद्द ११५ वर्षिय सरिफ मियाँ अन्सारी लगायतको सुभेच्छाका कारण पनि उपमहानगरपालिकामा माओवादी केन्द्रका मेयर उम्मेदवार राजन पौडेलले जित निकाल्ने अनुमान धेरैले गर्न थालेका छन्।

मियाँलाई त्यस क्षेत्रका उनको समुहका मानिसहरुले निकै आदार गर्ने गर्दछन् । मियाँ नै पौडेलको प्क्षमा खुलेपछि मुस्लिम समुदायको मत पौडेलले पाउने देखिएको छ ।

यो उपमहानगरपालिकामा वुधबार उम्मेदवारी दर्ता गर्ने क्रममा १५ जनाले मेयर पदमा उम्मेदवारी दिएका निर्वाच्न अधिकृत भीमप्रसाद भुर्तेलले जनाएका छन् ।

माओवादी केन्द्रका रमेयर उम्मेदवारराजन पौडेलको अतिरिक्त नेपाली काँग्रेसबाट कृष्णव्रत सिंह, नेकपा एमालेबाट डा. कृष्णप्रसाद पौडेल, राप्रपाबाट सोमराज उप्रेती, राष्ट्रिय जनमोर्चाबाट धर्मानन्द पाध्या, राष्ट्रिय जनता पार्टीबाट अखिलकुमार सिंह, बहुजन शक्ति पार्टीबाट रामदेब महरा, नयाँ शक्तिबाट अमानुल्लाह अंसारी, नेपाल लोकतान्त्रीक फोरमबाट राजकुमार चौधरीले प्रमूख पदमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै मेयर पदमा ६ जनाले स्वतन्त्र उम्मेदवारी समेत दिएका छन् ।
जितपुर सिमराका लागि यी उम्मेदवार मध्यै माओवादी केन्द्रका उम्मेदवार पौडेल नै जनताका वीचमा वढी भिजेका उम्मेदवार मध्ये पर्दछन् ।
माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्दका क्रममा लामो समय जेलनेल सम्म भोगेको पौडेल शान्ति प्रक्रियायता निरन्तर आफनै क्षेत्रमा कार्यक्षेत्र वनाएर वसेका छन् । यो वीचमा उनले स्थानिय का समस्यासाग आफै प्रत्यक्ष सहभागी भई समाधानका लागि खटेका पनि छन् ।

यस हिसावले गर्दा पनि उनको सम्भावना वलियो रहेको चर्चा छ ।

माओवादीले यस क्षेत्रमा पौडेलको उम्मेदवारी असारमै टुंगो लगाएको हो । त्यसयता उनी निरन्तर जनताका घरदैलोमा पुगिरेहका पनि छन् । यस क्षेत्रमा काग्रेस र एमालेभित्र उम्मेदवार छनौटमा सन्तुलन मिल्न नसकेको र एकले अर्काे पक्षलाई अचेटने काम समेत प्रत्यक्ष देखिन थालेपछि पौडेल पल्लाभारी जस्ता देखिएका छन् ।
एमालेभित्र जीतपुरसिमरा उपमहानगरपालिका २ का एमाले नेता उद्धब गौतम ले प्रष्टै साग पाटीृभित्र असन्तुष्टि देखाईसकेका छन् । यसले पनि देखाउँछ एमालेमा उम्मेदवारी चयनको विषयमा ठूलै रडाको मच्चिएको छ ।

त्यसोत एमालेका उम्मेदवार समेत माओवादीमा यही क्षेत्रमा प्रवेश गरेका छन् । उपमहानगरपालिका २३ की एमाले उम्मेदवार एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकी छिन । एमालेका तर्फवाट वडा नम्वर २३ को दलित महिला सदस्यकी उम्मेदवार रन्जुदेवी मेस्तर माओवादी केन्द्रमा प्रवेश गरेकी हुन ।

अन्य राजनीतिक दलको अन्तरकलह माओवादीका लागि लाभ देखिएको छ । काग्रेसका मुख्य शीर्ष नेताहरु समेत उक्त उपमहानगरपालिका माओवादीसाग तालमेल गर्न चाहेका थिए । तर स्थानिय काग्रेस नेताहरुले नमानेपछि नेताहरुको तहमा भएके तालमेल त्यहा भत्किएको हो । यद्यपी, काग्रेसकै शीर्ष नेताहरु एमालेलाई रोक्नका लागि माओवादीलाई जिताउन लाग्नु पर्ने तर्क गदै हिडन थालेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: