Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘इर्मा’ नामक समुद्री आँधीले जनजिवन अस्तव्यस्त

क्यारिबियन । क्यारेवियन क्षेत्रमा आएको समुद्री आँधीका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ ।

इर्मा नामक सो आँधी करिव ३०० किलोमिटर प्रतिघण्टाको वेगमा आएको एन्टिगुवा एण्ड बारब्युडाका प्रधानमन्त्री ग्यास्टन ब्राउनले बताएका छन् । आँधीका कारण एक जनाको मृत्यु भइसकेको र अन्य १६ सय जनाको बसोबास रहेको उक्त टापुका सबै भवन भत्किएको उनले बताए ।

क्यारेवियन क्षेत्रमा रहेको फ्रान्सको भूमिमा आँधीले बढी क्षति पुर्‍याएको हो । फ्रान्सेली टापु सेन्ट मार्टिन र सेन्ट बार्टसमा बढी भौतिक क्षति भएको हो ।

इर्मा आँधीको प्रभाव क्यारेबियन टापुहरु बर्बुडा र एन्टिगुवामा समेत परेको छ । बर्बुडाका ९० प्रतिशत भवनमा आँधीले क्षति पुर्‍याएको छ ।

अहिले यो आँधी नर्दन भर्जिन आइल्यान्डतर्फ गएको छ ।

आँधीका कारण पोर्टओ रिको, डोमेनिकल रिपब्लिक, ब्रिटिस भर्जिन आइल्यान्डसहितका क्षेत्र पनि प्रभावित हुने चेतावनी दिइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: