Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आंशिकको धर्ना आजपनि

काठमाडौं, भदौ २२ । नेपाल आंशिक प्राध्यापकहरुको आन्दोलन आजपनि जारी छ । ४४ दिनदेखि त्रिवि मुख्य कार्यालय अगाडि रिले अनशनमा रहेका उनीहरुले केही दिनअघिदेखि प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिंदै आएका छन् ।

आंशिक प्राध्यापकलाई करार गरिनुपर्ने, शैक्षिक क्यालेन्डर लागू गर्नुपर्ने मागसहित आंशिकहरु आन्दोलनमा छन् ।

‘समस्या समाधानमा ग्रिन सिग्नल देखिएपनि माग पूरा नभईन्जेल आन्दोलन रोकिंदैन’ संघका सदस्य नारायण कोईरालाले भने ।

विभिन्न समय प्रयोग गरिएका प्राध्यापकहरु माग पूरा नभई आन्दोलनको अन्त्य नहुने बताईरहेका छन् ।

फोटोमा हेर्नुस् आजको धर्ना ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: