Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उपप्रधानमन्त्री महरा चीनमा भेटघाटमा व्यस्त

लक्ष्मी लम्साल

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा ६ दिने राजनीतिक भ्रमणका क्रममा बुधबार चीनको वेइजिङ पुगेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महरा भेटघाटमा व्यस्त रहेका छन् ।

मन्त्री महराले बिहिबार बेइजिङमा आफ्ना समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् ।

भेटमा द्वीपक्षीय हित तथा साझा चासोका साथै चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ्सको कार्यान्वयनलाई तीव्रता दिने लगायतका विषयमा छलफल भएको भेटमा सहभागी बेइजिङस्थित नेपाली दूतावासका अधिकारीले बताएका छन्।

बिहिबार साँझ नै बेइजिङस्थित नेपाली दूतावासमा गरिने रात्रीभोजमा मन्त्री महराले भेटघाट तथा भ्रमणका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ।

मन्त्री महराले चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ भने शुक्रबार बेइजिङस्थित चाइना फरेन अफेयर्स युनिभर्सिटीमा आयोजना हुने अन्तरक्रियामा आफ्नो धारणा राख्ने कार्यक्रम छ । उनले व्यापारिक सहर क्वाङचौमा नेपाली महावाणिज्य दूतावासको औपचारिक उद्घाटन गर्ने छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: