Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

८८ किजो सुन प्रकरणका दुई जना पक्राउ

रसुवा, भदौ २२। इतिहासकै सबैभन्दा ठूलो परिमाणको ८८ किलो सुन प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार काठमाडौंको क्षेत्रपाटीबाट पक्राउ गरिएको उक्त ठूलो परिमाणको सुन रसुवाबाट भित्र्याएको थियो । उक्त सुन काण्डमा संलग्न दुई जना सवारी चालकहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीका अनुसार पक्राउ पर्नेमा रसुवा जिल्ला स्याफ्रुबेँसीका दम्बा तामाङ र सिन्धुपाल्चोकका दिलीप खड्का रहेका छन् ।

उनीहरुले तामाङले चिनियाँ भूभागमा र खड्काले नेपाली भूभागमा सुन बोकेको मोटर ओहोरदोहोर गराउने भूमिका निर्वाह गरेको पाइएकाले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ पठाइएको प्रहरी प्रमुख थापाक्षेत्रीले बताए ।

रसुवागढीदेखि बेत्रावतीसम्म रसुवा जिल्लाको आधार इलाकाभित्र नेपाल प्रहरीको छ, सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मको तीन र नेपाली सेनाको तीनवटा जाँच परीक्षणको पोस्ट रहे पनि नेपाल–चीनको सीमा क्षेत्रको पोस्टबाहेक अन्य पोस्टमा वा१७च ६४२७ नंको टाटा सफारीकार दर्ता भएको नभेटिएको प्रहरीले जनाएको छ । प्रहरीले आइतबार विहान सो ठूलो परिमाणको सुन काठमाडौंको क्षेत्रपाटीबाट पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: