नारायणगढ–मुग्लिन सडक राति पनि खुला

चितवन, भदौ २२ । हिन्दुहरुको महान चाँडपर्व दशैं, तिहार र छठलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट २४ औं घण्टा सञ्चालन हुने भएको छ ।

बिहीबार सरोकारवालाहरुको चितवनमा सम्पन्न बैठकले चाडपर्वका समयमा यात्रुहरुलाई गन्तब्यसम्म पुग्न सहज होस भनेर यस्तो निणर्य गरिएको बताइएको छ ।

याे पनि पढ्नुस  चितवनमा फेरि रित्तियो राप्रपा, दर्जनौं कार्यकर्तालाई नेकपा प्रवेश गराए प्रचण्डले

गएको असार २५ गतेबाट नारायणगढ–मुग्लिन सडकखण्ड रातको समयमा बन्द गर्दै आएको छ । रातिको समयमा पहिरोको जोखिम बढेपछि सवारी साधन रोकिएको र मौसममा सुधार आएसँगै रातिको समयमा पनि सडक सुचारु गर्ने निर्णय गरिएको बताइएको छ ।

यात्रुबाहक सवारी साधनको चाप हुने समयमा मालबाहक सवारी साधनलाई रोकेर यात्रुबाहकलाई प्राथमिकता दिने, कालोपत्रे गर्ने कार्य छोटोछोटो दूरीमा आवागमनलाई असर नपर्ने गरी गर्ने, खाल्टाखुल्टी तत्काल पुर्ने, धुलो उड्ने ठाउँमा पानी छर्कने, रातको समयमा सुरक्षा प्रबन्ध व्यवस्थित गर्ने पनि निर्णय गरेको छ।

कमेन्ट गर्नुहोस्