Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

२७ वर्षीया हलिउड नायिका जेनिफरको अधिक मन पराइएको गाउन

२७ वर्षीया हलिउड नायिका जेनिफर लरेन्सले आउँदै गरेको फिल्म ‘मदर’को यूके प्रिमियरमा लगाएको गाउन रेड कार्पेटमा अधिक मन पराइएको छ ।

थ्रिलर फिल्म मदरको यूके प्रिमियरमा उनी सिल्भर कलरको गाउन लगाएर उत्रिएकी थिइन् । लन्डनमा भएको त्यो सन्ध्यामा जेनिफर निकै चम्किली थिइन् ।

प्रिमियरका क्रममा प्रशंसकसँग निकै खुलेर प्रस्तुत भएकी जेनिफरले ‘मदर’को रिलिजका लागि उत्साहित भएको पनि बताइन् । हलिउडमा महँगो पारि श्रमिक लिने नायिकाका रूपमा चिनिएकी उनी नयाँ पुस्ताको सफल नायिकाका रूपमा चिनिन्छिन् ।

ओस्कार अवार्ड हात पार्न सफल भइसकेकी उनी १४ वर्षअघि हलिउडमा प्रवेश गरेकी हुन् । घुमघामको सिलसिलामा न्युयोर्कमा निस्किँदा एक फोटोग्राफरले उनलाई भेटेपछि मनोरञ्जन क्षेत्रमा काम गर्ने अफर मिलेको थियो । २४ वर्षसम्म पुग्दा उनी हलिउडमा सर्वाधिक रुचाइएकी सेलिब्रेटी बनिसकेकी थिइन् । अमेरिकाको सयजना ‘मोस्ट डिजायर्ड वुमन’को लिस्टमा उनको नाम परिसकेको छ । अमेरिकी मिडियाले उनलाई निकै बुद्धिमान्, चलाख र मजाक गर्ने सेलिब्रेटीका रूपमा प्रस्तुत गर्दै आएको छ ।- एजेन्सीको सहयोगमा

कमेन्ट गर्नुहोस्

%d bloggers like this: