Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

संघीयता पहिचान र विकासको मेरुदण्ड : नारायणकाजी श्रेष्ठ

काठमाडौं, भदौ २३ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले संघीयता भनेको फेसन नभई पहिचान र विकासको मेरुदण्ड रहेकाे बताएका छन् ।  महोत्तरीको गौशाला नगरपालिकामा आयोजित चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले संघीयताका लागि मधेशी जनताले विभिन्न समयमा आन्दोलन गर्दा देशमा संघीयता लागू भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले आगामी मंसिरमा हुने दुई चरणको चुनावले देशमा संघीयता लागू हुने र सोबाट जनआन्दोलनका शहीदको सपना साकार हुने बताए ।

प्रदेश नं २ मा जनता माओवादी केन्द्रमा विश्वास गर्दै आएका कारणले धमाधम मधेशी नेता माओवादी केन्द्रमा प्रवेश गर्दै आउनु यसको प्रत्यक्ष उदाहरण रहेको धारणा राखे । माओवादी केन्द्रले आगामी निर्वाचनमा पूर्णरुपमा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: