बलात्कार गरेको अारोपमा एक युवक प्रहरी नियन्त्रणमा

जुम्ला, भदौ २३ । महिलालाई जबर्जस्ती बलात्कार गरेको आरोपमा जुम्लाका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पीडित महिलाको उजुरीका आधारमा गुठीचौर गाउँपालिका–३ जुम्लाका ३५ वर्षीय पारस बुढालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो ।

पीडित महिलाको उजुरीअनुसार बुढाले यही भदौ १९ गते बेलुका घर पु¥याउने क्रममा उनलाई जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख भएको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्