Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रचण्डले भने, ‘माओवादी नयाँ ढङ्गले पूनर्संगठित गरौं’

भरतपुर, भदौ २३ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन र पार्टीलाई पूनर्संगठित गर्नुपर्ने बताएका छन् ।

शुक्रबार दिउँसो चितवनको भरतपुरमा आयोजित पार्टी प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘वर्गीय समाजमा पार्टी पनि वर्गहरुको हुन्छ । नेपालमा पार्टीहरु वर्गकै प्रतिनिधित्व गर्छन् । हाम्रो पार्टी सर्वहारा श्रमजीवी वर्गको पार्टी हो । बीचमा हामीले वर्ग भुल्यौं, वुर्जुवा, पेटी वुर्जुवा जस्ता देखियौं । अहिले त्यसलाई सच्चाएका छौं । माओवादी पार्टीलाई सर्वहारा श्रमजीवी वर्गको पार्टी बनाएर पूनर्संगठित गर्नुपर्छ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादी संसदवादी नभएको उल्लेख गरे । उनले भने, ‘हामी संसदवादी होइनौं । हामीले राजनीतिक प्रतिस्पर्धा मानेका छौं। जनताबाट निर्वाचित कार्यकारी प्रमूखसहित समाजवादमा जाने हाम्रो तयारी छ, हामी यसमा दृढ छौं।’

‘माओवादी आन्दोलनमा दुई अति देखिए,’ प्रचण्डले भने, ‘एकथरी साथीहरु अब क्रान्ति सकियो भन्ने ठाने र बाहिरिए, अर्कोथरि साथीहरु सबै उपलब्धि अलपत्र पारेर भागे, त्यसरी क्रान्ति हुँदैन ।’

त्यस्तो अतिबाट बचेर मात्र क्रान्ति निष्कर्षमा पुग्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: