Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

२१ किलो चरेससहित दुई बृद्ध पक्राउ

बाँके, भदौ २३ । नेपालगन्ज प्रहरीले २१ किलो चरेससहित दुई जना बृद्धलाई पक्राउ गरेको छ ।

चरेस कारोबारमा संलग्न रहेका डुडवा गाउँपालिका २ नौरीगौरी बस्ने ७० वर्षीय मुरली अहिर र ५४ वर्षीय फेरन अहिरलाई संघीय प्रहरी इकाइ कार्यालय नेपालगञ्जले पक्राउ गरेको हो । उनीहरुले घरमा चरेस लुकाएको विशेष सूचना पाएपछि प्रहरीले भदौ २१ गते छापा मारेको प्रहरीले जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले चरेस र पक्राउ गरेका व्यक्तिलाई सार्वजनिक गरेको छ । उक्त चरेस भारत पठाउनका लागि त्यहाँ राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरु प्रलोभनमा परी भरिया बनेको अनुमान छ । बरामद गरिएको चरेसको बजार मूल्य ३ लाख ६० हजार रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: