प्रचण्डले भने, ‘१३०० माओवादीले रगत बगाएपछि मधेशवादी दलले संघीयता भन्न पाए’

कलैया, भदौ २४ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धमा १३०० नेता–कार्यकर्ताले मधेशमा बलिदान गरेपछि मात्रै मधेशी दलले संघीयता भन्न पाएको बताएका छन् ।

कलैया बलरामपुरमा आयोजित सभामा प्रचण्डले भने, ‘हामीले जनयुद्ध लड्यौं, त्यो बेला हामी बाहेक कुनै पनि पार्टीमा गणतन्त्र, संघीयता, समानुपातिकता भन्ने हैसियत थिएन।

याे पनि पढ्नुस  मिल्न बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा

हामीले जनयुद्ध लडेर, १३०० को रगत बगाएर, सम्पूर्ण उत्पीडित जनताको पहिचान र अधिकारको लडाई उचाईमा पुगेपछि मधेशवादी दल पनि संघीयता भन्न सक्ने भए । मधेसी दलहरुको एकल तागतले संघीयता नआएको भन्दै प्रचण्डले भने, ‘अहिले मधेशी दलहरु संघीयता हाम्रो भन्न खोज्दैछन्, उनीहरुको तागतले संघीयता आएको होइन, क्षेत्रीय र पृथकतावादी शक्तिले देशको नेतृत्व गर्न सक्दैनन्।

कमेन्ट गर्नुहोस्