Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नुवाकोट बस दुर्घटनामा ६ जनाको मृत्यु, तीन दर्जन घाइते

नुवाकोट, भदौ २४ । नुवाकोटमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

काठमाडौंबाट नुवाकोटका लागि छुटेका बा १ ख ६३४८ नम्बरको यात्रु बस नुवाकोटको शिवपुरी गाउँपालिका ७ स्थित थानाभञ्ज्याङ अपरान्ह बस दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ३० जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।

मृत्यु हुनेहरुमा बादी गाउँपालिका वडा नम्बर ५ नर्जाका ४५ वर्षकी लक्ष्मी न्यौपाने, सोही गाउँपालिकाकै रालुकाकी कविता तामाङ र विदुर नगरपालिका वडा नम्बर ९ की सची बोगटीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घटनास्थलमा नुवाकोट देवीघाटस्थित श्रीनाथ गणका सैनिक, शिवपुरी निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र प्रहरीले उद्धार गरेका छन् । उक्त रुट काठमाडाै त्रिशुली जाेड्ने वैकल्पिक रुटकाे रुपमा प्रयाेग हुँदै अाएकाे थियाे ।

सा‌ँघुराे बाटाे घुम्ती मोड्ने क्रममा बस सडकबाट ३५० मिटर तल खसेको प्रहरीले प्रारम्भिक अनुमान लगाएकाे छ । गाडीका चालक फरार रहेका छन् भने सहचालक गम्भिर घाइते भएका कारण  दुर्घटनाकाे वास्तविक कारणा पत्ता नलागेकाे नायब उपरीक्षक मधुकर विष्टले जानकारी दिए । घाइतेहरुलार्इ काठमाडाैकाे टिचिङ, ग्रिनसिटीलगायतका अस्पतालहरुमा उपचारका लागि लगिएकाे छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: