बलात्कारी राम रहीमको आश्रममा विस्फोटक पदार्थ फेला

भदौ २४ । केही समय अघि बलात्कारी ठहर भएका भारतीय धर्मगुरु गुरुमीत राम रहीमको आश्रम ‘डेरा सच्चा सौदा’ को सिरसामा रहेको मुख्यालयमा सरकारी अधिकारीले शनिबार पनि जारी रहेको खोजतलासका क्रममा ठूलो परिमाणमा विष्फोटक पदार्थ फेला परेको छ ।

शुक्रबारदेखि जारी खोजतलासका क्रममा शनिबार सिरसामा रहेको राम रहीमको मुख्यालयबाट ८१ कार्टुन विस्फोटक पदार्थ फेला परेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

याे पनि पढ्नुस  अपडेटः राम रहिमको तान्डब जारी, हिंसामा परी २६ जनाको मृत्यु

खोजतलासीका क्रमममा विष्फोटक पदार्थ गाईको दाना राख्ने ठाउँमा लुकाइराखेको अवस्थामा फेला परेको भारतीय सुरक्षा अधिकारीले जनाएका छन । मुख्यालयमा राखिएको विस्फोटक पदार्थ आतिशबाजी गर्न राखिएको हुनसक्ने प्रहरीको भनाई छ ।

सिरसामा १५ दिनदेखि इन्टरनेट सेवा ठप्प छ । रेलसेवा पनि बन्द गरिएको छ । त्यसैगरी हिंसा हुने त्रासका कारण बाजेका, बेगु र नेजिया लगायत क्षेत्रमा शनिबार पनि कफ्यु जारी छ ।

याे पनि पढ्नुस  बलात्कारी राम रहीमकी विवादास्पद शिष्य प्रहरी मोष्टवान्टेड हनीप्रीत पक्राउ

प्रहरीले शुक्रबार गरेको खानतलाशीका क्रममा आश्रमबाट पाँच बालकको उद्धार गरिएको थियो । उक्त आश्रम ६८ वषदेखि सञ्चालनमा छ र कुल ७ सय एकड जमिनमा फैलिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्