उपप्रधानमन्त्री गच्छेदारसँग आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं, भदौं २४ । निर्वाचन आचार सहिंता उल्लघंन गरेको आरोपमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार र उर्जाराज्यमन्त्री अमरसिंह पुनलाई निर्वाचन आयोगले २४ घण्टाभित्र स्पष्टीकरणका लागि निर्देशन दिएको छ ।

त्यस्तै नेपाल लोकतान्त्रिक फोरमबाट बिरगञ्ज महानगरपालिकाको उम्मेदवार बनेका विमलकुमार श्रीवास्तवले पनि आचारसंहिता उलंघन गरेकाले उनको उम्मेदवारी रद्द किन नगर्ने ? भन्दै आयोगले २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ ।

याे पनि पढ्नुस  चारकोशे झाडीभित्र कखरा सिक्दै कलिला नानीहरु

वीरगञ्ज महानगरपालिकाको निर्वाचनको उपप्रधानमन्त्री गच्छदारसहित नेपाल लोकतान्त्रिक फोरम पार्टीका नेता कार्यकर्ताहरूले आचारसंहितालाई वेवास्ता गदैगाडी र मोटरसाईकल र्‍याली निकालको आयोगले बताएको छ ।

लोकतान्त्रिक फोरमले २०–२५ वटा गाडीहरू र एक सयभन्दा बढी मोटरसाइकलसहितको चुनाबी र्‍याली र जुलुस निकालीको भन्ने उजुरी आयोगमा परेको थियो । त्यही उजृुरी छानविन गरी आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  वीरगन्ज भन्सारः ६ महिनादेखि लक्ष्यभन्दा कम राजस्व संकलन

यसैगरी राज्यमन्त्री पुनले बाराको जितपुर सिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचारप्रसार गर्दै हिंडेको भन्ने उजुरीको छानविन गर्दै आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्