Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नुवाकोटमा बस दुर्घटना हुँदा मृत्यु भएका सातै जनाकाे सनाखत

नुवाकोट, भदौ २५ ।  नुवाकोटमा शनिबार भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २९ जना घाइते भएका छन् ।

काठमाडौंबाट यात्रु लिएर नुवाकोटको खरानीटारतर्फ आउँदै गरेको शिवपुरी गाउँपालिका वडा नं. ७ थाना भन्याङमा दुर्घटना भएको हो । बा १ ख ६३४८ नं.को दुर्घटना भएको यात्रुवस दुर्घटनामा परि विदुर  नगरपालिका वडा नं. ९ की २१ बर्षीया शशी बोगटी, तादी गाउँपालिका वडा नं. ५ की ४५ बर्षीया लक्ष्मी न्यौपाने, सोही वडाकी  ६७ बर्षीया ठुलीमाया तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरिक्षक कैलाश भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार,  काठमाडौंको अस्पतालमा उपचारको क्रममा थप चार जनाको ज्यान गएको छ । उपचारको क्रममा सहचालक तादी गापा सातविसेका २८ वर्षिय नवराज विक, ठेगाना नखुलेका ५४ वर्षिय लालवहादुर तामाङ र ठेगाना नखुलेकी ३७ वर्षिया उजेली तामाङको उपचारका क्रममा धापासीस्थित ग्रिनसिटी अस्पतालमा निधन भएको हो ।

यस्तै, तादी गापा रालुकाकी २२ वर्षिया सविना तामाङको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक भट्टराइले जानकारी दिए । साँघुरो सडकमा क्षमता भन्दा बढि यात्रु बोकेको र घुम्तीमा स्टेयरिङ नमोडिएर दुर्घटना भएको प्रहरीको भनाई छ ।

दुर्घटनालगत्तै वसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।  बस सडकबाट १ सय मिटर तल खसेको थियो । सडकबाट खसेको बस स्थानीय एक घरमा पुगेर अडिएको थियो । बस खसेर घर पनि भत्काएको छ भने घरमा बसिरहेकी घरधनी सीता तामाङ घाइते भएकी छिन् । उनको दुई तले घर पूर्णरुपमा भत्किएको छ । दुर्घटनापछि स्थानीय, प्रहरी, नेपाली सेनाले घाइतेको उद्धार गरि राजधानी पठाएका थिए । वर्षाको कारण उक्त सडक भत्किएर जोखिमयुक्त भएको छ ।

सडकको दुरावस्थाको कारण घाइतेलाई समयमा अस्पताल पु¥याउन समस्या भएको प्रहरीले जनाएको छ ।  घाइतेहरुको ग्राण्डी अस्पताल र ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको छ ।  उक्त सडक सुधारको लागि छहरे टोखा सडक स्तरोन्नती आयोजना सञ्चालन भइरहेको छ । समयमा काम नहुदा अहिले सडक दयनिय बन्दै गएको छ । सडक निर्माण समयमा नहुदा शनिबार बस दुर्घटना भएको स्थानीयबासी हरि भेटवालले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: