मुसलमानहरु माथि भएको नरसंहारविरुद्ध बाँकेमा प्रर्दशन

बाँके, भदौ २५ । बाँकेको नेपालगंजमा आइतबार ठूलो संख्यामा मानिसहरुले विरोध प्रदर्शन गरेका छान् । बर्मामा रोहिंग्या मुसलमानहरुमाथि भई रहेको नरसंहारको विरोधमा बाँकेका नागरिकहरुले प्रर्दशन गरेको हुन् ।

स्थानीय जामा मस्जिद र इस्लामी संघ भेरी जोनको नेतृत्वमा भएको विरोध प्रदर्शन बिपी चौक देखि सुरु भई जिल्ला प्रशासन कार्यालयमा पुगी सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै इस्लामी संघका प्रमुख मौलाना उबेदुर रहमान खानले रोहिंग्या मुसलमानहरु माथि भई रहेको अत्याचारलाई रोक्न सबैले दबाब दिनु जरुरी रहेको बताए ।

याे पनि पढ्नुस  नेपालगन्जमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो

उनले ‘ह्युमन राइट्स वाच’ नामक मानवअधिकारवादी संस्थाले गत साता जारी गरेको स्याटेलाइट इमेजमा मुस्लिम क्षेत्रका धेरै भवनमा क्षति पु–याइएको र मानिसहरूलाई जिउँदै जलाइएको देखिन्छ । तर सरकारले रोहिंग्या विद्रोही आफैंले यी गाउँहरू जलाएको बताएको उल्लेख गर्दै मानव अधिकारबादीहरुलाई सक्रिया भएर उक्त क्षेत्रमा भई नरसंहारलाई रोक्न र वास्तविक कुरालाई सार्वजानिक गर्न माग गरेका छन् ।

याे पनि पढ्नुस  एमालेका युवा नेतासहित सयौंले गरे माओवादी केन्द्रमा प्रवेश

नेपालगंजमा भएको प्रर्दशनमा पूर्व श्रम मन्त्री मोहम्मद इस्तीयाक राइले नेपाल सरकारले समेत यो घटनालाई चासोका साथ लिएर सम्बन्धीत सरकारलाई दबाब दिन जरुरी रहेको बताएका थिए ।

यस्तै मुस्लिम अगुवा मेराज अहमद हिमालले, बर्माका मुस्लिमहरु माथि भई रहेको अत्याचारको नेपाली मुस्लिम कडा रुपमा बिरोध गरेको जिकिर गर्दै तत्काल नसंहार रोक्न माग गरे । उनले नसंहार गर्नेहरु मानिस नभई राक्षस भएको बताए ।

याे पनि पढ्नुस  आशा गरेजस्तो छैन सलमानको ‘ट्यूबलाइट’

रोहिंग्या म्यान्मार वा बर्मामा बस्ने अल्पसंख्यक समूह हो । बर्मामा दश लाखभन्दा बढी रोहिंग्या रहेको अनुमान गरिन्छ र उनीहरू देशको उत्तरी भाग राखिने राज्यमा बस्छन् । उक्त क्षेत्र भारत र बंगलादेशको सिमानामा पर्छ ।

कमेन्ट गर्नुहोस्