कतिन्जेल त्रसित भएर बाँच्ने हाम्रा चेलीहरु ?

उमेश बन्जाडे/

एका बिहानै उठेर दैनिक नित्यकर्म सकेपछि समाचार हेर्न यस्सो फेसबुक खोलेको मात्र के थिए, जिउनै झसङ्ग हुने खबरमा गएर आँखा ठोक्किए । बालुवामा तिलझैँ ओइरिएका सपनाहरु उठाउने लक्ष सँगै केही झिनो अभिलाषाको झोला बोकेर परदेश छिरेको म, आजभोलि स्वदेशबाट आउने केही अप्रिय खबरहरुले मस्तिष्कमा निकै ह्रास, आक्रोश र हाम्रो समाज प्रतीनै घृणा पैदा गरिरहेका छन् । म मात्र होईन सायद अन्य जुनकुनै परदेशीएका नेपालीहरुलाई उस्तै आभाष भएको छ अचेल।

हाम्रा चेलिबेटीहरु अझ पछिल्लो समय त झन अबोध बालिकाहरु आफ्नै समाजमा धेरैनै असुरक्षित रहेको कुरो दिनै नबिराई बाहिर आएका बलात्कारको घटनाहरुले पुष्टि गर्दछ। दिनानुदिन बढ्दो बलात्कारको घटनाले हाम्रा दिदी बहिनिहरु बाघ भालुसँग भन्दापनी मान्छेकै बस्तीमा मान्छेसँग डराउनु पर्ने भयावह स्थिती सिर्जना हुँदैछ। मान्छेले मान्छेबाटै अकल्पनीय सास्ती झेल्नुपर्ने अवस्था आईरहेकोछ । समाजमा छ्याप्छ्याप्ती उम्रीएका तर कुनै पार्टी र राजनिती भन्दा मरिहत्ते गर्ने, खुर्सानीको निहुँमा एकैछिन चर्किएका श्रीमान(श्रीमतीहरुको गर्धन समाउन उतिबेलै पुग्ने महिला हिंसाका विरुद्धमा वकालत गर्ने संघसँस्थाहरुलाई यतिबेला गजब सँग चुनाब लागेको छ। उता बस्तिहरु मानवतामा खडेरी परेर विषालु बन्दैगरेका मानवरुपि दानवहरु सँग भयभीत बन्दैगएकाछन।

आफ्नै बाबुले छोरि चिन्दैन, दाजुभाइले चेलिबेटी चिन्दैन, पशुत्वको ब्यावहार गरिन्छ

उमेश बन्जाडे
काम गर्ने मानिसले गलत अवस्य गर्छ, उसलाई सच्चिने अवसर दिनुपर्छ भन्ने मान्यता राख्ने हाम्रो नेपाली समाजमा अचेल घटिरहेका घटनाहरु यति भयावह र तल्लो स्तरका छनकी, उक्त घटनाको भागिदारलाई आगोमा झजिउँदै होम गरिँदाञ पनि सायद सजाय कम हुनजान्छ। भर्खरै पलायर हुर्किदै गरेका बालिकाहरु माथी झम्टिने दुष्ट मानवरुपि दानवहरुले यतिखेर समाजमा आफ्नु पशुत्वको ब्याभार उदाङ्गो पारिरहेकाछन् । आफ्नै बाबुले छोरि चिन्दैन, दाजुभाइले चेलिबेटी चिन्दैन, पशुत्वको ब्याभार गरिन्छ आफ्नै चेलिबेटीहरुलाई। आखिर मान्छे( मान्छेसँगै यति बिघ्न वैरत्व बोकी बहुलाउँदै विनाश लीला मा किन बहकिन्छरु तारे होटलहरुमा महिला हिंसाका गाफ चुटेर सामाजिक न्यायको बर्खिलाप गर्नेहरुको लागी गम्भीर प्रश्न हो यो।

देशका विभिन्न ठाउँमा यो जेठ महिना भित्र सातवटा भन्दा बढिनै बलात्कारको घटनाहरु निकै निर्मम र भयावह तरिकाले घटेका खबरहरु बाहिर आएका छन् । छ बर्ष देखि एघार वर्ष सम्मका बालिकाहरुको बलात्कार गरि हात्या गरिएको छ, कतै बलात्कार गर्दागर्दै देखेको दोषमा बन्चरो प्रहार गरेर समेत ती अबोध कोपिलाहरुको हत्या गरिएको छ। कहिँकतै बाहेक आफैलाई ठुला भन्न रुचाउने मिडियाहरु कानमा तेल हालेर बसेकाछ्न।

कुनै दल विशेषको मान्छेलाई कोट्याउदा मात्रै सडकमा रत्यौली देखाउने अधिकारकर्मिहरु खै कता बसेर मोलमोलाइ गर्दैछन् रु उनिहरुलाई फिटिक्कै फुर्सद छैन, उनिहरुले सुनेर, बुझेर पनि मुखमा बुजो लगाएर बसेका छन् । जेठ महिना भित्र बाहिर आएका सात बलात्कारका घटना मध्य छ वटा घटना एउटै राजनैतिक दलका नेता देखि कार्यकर्ता सम्मले घटाएको समाचार बाहिर आएको भएर पनि होला, सायद ती ठुला भनौंदा अधिकारकर्मी र मिडियाहरु मुखमा ताल्चा झुण्ड्याएर बसेका छन्। स्कुल गयो शिक्षक सँग डराउनु पर्ने, पँधेरो जाँदा छिमेकी सँग तर्सिनु पर्ने, घरमै बस्दा आफ्नै बाबू तथा दाजुभाइ सँग त्रसित भएर बाँच्नुपर्ने, आखिर कहिले सम्म लुकेर जिउनु पर्ने हाम्रा चेलीबेटीहरुरु

साना उमेरका बालबालिका हरुले विरोध गर्न नसक्नु, डर धम्कीले पनि चुप लगाउन सकिने, लोभलालचमा पार्न सकिने हुनाले पनि खराब मनोवृत्ति भएका मानिसहरुको नजरमा बालिकाहरु नै पर्ने गरेका छन् ।

यसरी भएका माहिला तथा बालिका बलात्कारका घटनाहरु हेर्दा पराइ मान्छेबाट भन्दा पनि आफ्नै परिवार, टोल छिमेक, आफन्त, घनिष्ठ, पेशेवर व्यक्तिहरुबाट झन् धेरै असुरक्षित भएको पाइन्छ । साना उमेरका बालबालिका हरुले विरोध गर्न नसक्नु, डर धम्कीले पनि चुप लगाउन सकिने, लोभलालचमा पार्न सकिने हुनाले पनि खराब मनोवृत्ति भएका मानिसहरुको नजरमा बालिकाहरु नै पर्ने गरेका छन् ।आफ्नै बेइज्जती हुने डर, बलात्कारीको त्रास, प्रहरीसँगको पहुँचको अभाव एवं कतिपय बालिकाहरु आफन्तबाटै बलात्कृत हुने हुँदा पारिवारिक इज्जत, मान, प्रतिष्ठा, डर धम्कीका कारण अपराधीलाई कारबाही नहुँदा अपराध गर्नेको मनोबल बढ्दै जानाले यस्ता घटनाहरु बढ्दै गएका हुन् । बालिकाहरु लाई सुरक्षित बनाउन कानुन मात्र भएर नपुग्ने रहेछ त्यसैले अब बालबालिकाको क्षेत्रमा कार्यरत सरकार, संघसंस्थाहरुले यसको कारण र समाधान पनि खोज्नु जरुरी देखिन्छ ।

हामी कहाँ नैतिक शिक्षाको पनि कमी भयोे जसले गर्दा सही गलत छुट्याउन कठिन भयो ।

बलात्कारका घटनाहरु हेर्दा कतिपय मानिसहरु मानसिक समस्याबाट ग्रसित भएका व्यक्तिहरुबाट यस्ता घटना बढि हुने गरेको पाइएको छ । अर्को कुरा यौन शिक्षालाई हाम्रो समाजमा यति छिपाइन्छ कि जुन कुरा बालबालिकासँग गर्नै हुँदैन भनियो । तर आजभोलि इन्टरनेटको सहज पहुँच र त्यहाँ देखिने,भेटिने अश्लिल सामग्रीहरुले व्यक्तिमा कौतुहलता बढाएर अपराध उन्मुख गराउँछ । हामी कहाँ नैतिक शिक्षाको पनि कमी भयोे जसले गर्दा सही गलत छुट्याउन कठिन भयो । पछि आउने परिणामको ख्याल नगरि मान्छेहरु अपराध गर्न उत्साहित भए । बालिका बलात्कार हुनुमा आर्थिक, सामाजिक, सांस्कृतिक कारण पनि त्यतिकै जिम्मेवार छ । अझ अर्को कुरो बलात्कारिलाई दिइने सजाय पनि फितलो र कमजोर भएको तथा गलत कार्य गर्ने हरुलाई निरुत्साहित पार्न नसकेको भन्दै समजामा न्यायलय र प्रशासनको थुप्रै आलोचना समेत हुनेगरेका छन् ।

हुनपनी बीभत्स तरिकाले घटेका बलात्कारका घटनाको प्रकृति हेर्नेहो भने, न्यायलयले तोक्ने र प्रशासनले दोषि उपर गर्ने कारबाही उति संतोषजनक देखिदैन। प्रतिस्पर्धात्मक तरिकाले एउटा सेलाउन नपाउँदै अर्को हुँदै घटिरहेका बलात्कारको घटना बाट आखिर हाम्रा चेलीबेटीहरु कहिले सम्म त्रसित र भय बोकेर बाँच्नुपर्ने ?

– लमही दाङ, हालस् क्वालालम्पुर मलेसिया

कमेन्ट गर्नुहोस्