Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

देउवा मन्त्री मण्डल इतिहासकै ठूलो, आज चार मन्त्रीको शपथग्रहण

काठमाडौं, भदौ २६ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिमण्डल इतिहासकै ठूलो हुने भएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएको तीन वितिसक्दा पनि प्रधानमन्त्री देवाले मन्त्री मण्डल विस्तार गर्ने क्रम जारी छ । आज पनि चार सदस्य थप गर्दै देउवाले पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

आज शपथ लिनेमन्त्रीहरु एक राज्यमन्त्रीसहित चार मन्त्रीहरु राप्रपा प्रजातान्त्रिकका तर्फबाट हुन् । अब मन्त्रिपरिषद्मा ५४ मन्त्री हुनेछन् जुन इतिहासमै सबैभन्दा ठूलो मन्त्रिपरिषद हो ।

राप्रपा प्रजातान्त्रिकका तर्फबाट संसदीय दलका नेता दीपक बोहोरा, दलका उपनेता बिक्रम पाण्डे र सुनील बहादुर थापाले मन्त्रीको शपथ लिँदैछन् भने रेशम लामाले राज्यमन्त्रीको शपथग्रहण लिँदैछन् ।

यसअघि २०५२ सालमा देउवा प्रधानमन्त्री हुँदा उनले ५२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर रेकर्ड बनाएका थिए । २२ वर्षपछि सर्वाधिक ठूलो मन्त्रिपरिषदको रेकर्ड देउवा आफैले तोड्न लागेका हुन् । यसभन्दा अघिल्लो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा ५० सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । ०६८ मा डा. बावुराम भट्टराईले ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: