मन्त्री कोइराला र नेपालका लागि युएईका राजदुतबीच भेटवार्ता

काठमाडौं, भदौ २६ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोईराला र नेपालका लागि युएईका राजदुत महामहिम सइद हमदन अलनक्बीबीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ।

सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटघाटमा बोल्दै युएईका राजदुतले नेपालमा आएर काम गर्न पाउँदा खुशी लागेको बताउँदै महिला र बालबालिकाको क्षेत्रमा काम गर्न ईच्छुक रहेको बताए ।

भेटघाटमा आफ्नो धारणा राख्दै मन्त्री कोईरालाले राजदुत सइद हमदन अलनक्बीको कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दै महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने उपयुक्त वातावरण सिर्जना गर्ने बिश्वास ब्यक्त गरिन । त्यसका साथै मन्त्री कोईरालाले शिष्टाचार भेटघाटले युएई र नेपालबीचको सम्बन्ध सुदृढ र सुमधुर हुने धारण पनि राखकी थिइन ।

कमेन्ट गर्नुहोस्