प्राधिकरणका पूर्व महाप्रबन्धकविरुद्ध तीन करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, भदौ २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, उत्पादन सञ्चालन तथा संभार विभागका पूर्व महाप्रवन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध दुई करोड ८८ लाख ८२ हजार रुपैयाँ बिगो दावीसहित सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

श्रेष्ठले विद्युत प्राधिकरणको महाप्रवन्धक पदमा रहँदा भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम आयोगले बिगो अनुसारको जरिवाना र कैद सजायसहित मुद्दा दायर गरेको हो ।

याे पनि पढ्नुस  अनिमितताको छानविन हुने भएपछि नगरपालिकाकाे निर्णय पुस्तिका गायब

श्रेष्ठ २०३६ साल चैत ५ गते नेपाल विद्युत प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको असिष्टेण्ट ईन्जिनियर पदमा नियक्त भएका थिए ।

कमेन्ट गर्नुहोस्