संघ र प्रदेशमा माओवादी केन्द्र पहिलो पार्टी : वर्षामान पुन

दाङ, भदौ २६ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको प्रदेश नं. ५ को भेला घोराहीमा सम्पन्न भएको छ ।

माओवादी केन्द्र ५ नंबर प्रदेशका ईञ्चार्ज बर्षमान पुनको उपस्थितीमा भेला भएको हो । प्रदेश भेलालाई सम्बोधन गर्दै ईञ्चार्ज पुनले संघ र प्रदेशको निर्बाचनमा माओवादी केन्द्र पहिलो शक्ति बन्ने दाबि गरे । उनले माओवादी केन्द्र पहिलो निर्णायक शक्ति भएको समेत बताए ।

माओवादी केन्द्रले सिंहदरबारका सेवा गाउगाउमा ल्याउन सफल भएको भन्दै उनले संघ र प्रदेश माओवादीको नेतृत्वमा रहने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक एंव पुर्व मन्त्री रेखा शर्माले सामाजिक रुपमा बिभेदमा परेका महिलाहरुको हक अधिकार सुनिश्चितका लागि माओवादीको आन्दोलनले सार्थता पाएको बताईन् । अहिले माओवादी केन्द्रकै पहलमा महिलाहरुका हक अधिकार सुनिश्चित भएको उनको भनाई छ ।

त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रकी महिला विभाग प्रमुृख कमला रोका , अखिल महिला संघ क्रान्तीकारीका केन्द्रिय अध्यक्ष अमृता रोका, माओवादी केन्द्रकी सचिवालय सदस्य जयपुरी घर्ति लगाएतकाले मन्तब्य ब्यक्त गरेका थिए ।

अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पुनम शेरपाईलीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण प्रदेश नम्वर ५ की संयोजक पार्वता पुनले गरेकी थिईन ।

कमेन्ट गर्नुहोस्