Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दशै‌ँका लागि टिकट बुकिङ्गका लागि सर्वसाधारणहरुको भीड

बढी भाडा असुल्नेलाई ५ हजार जरिवाना

काठमाडौं, भदौ २७ । आज मंगलबारदेखि दशैंका लागि लामो दूरीमा घर जाने यात्रुहरुका लागि टिकट बुकिङ्ग खुला गरिएको छ ।

बुकिङ खुला गरिएको पहिलो दिन राजधानीको नयाँ बसपार्क तथा पुरानो बसपार्कमा सर्वसाधरणको भीड लागेको छ । अघिल्ला वर्षहरुमा भन्दा एक साता ढिला गरी बुकिङ खुला भएको हो ।

सरकार र यातायात व्यवसायीबीचको विवादका कारण बुकिङमा ढिलाई भएको थियो। गत शुक्रबार यातायात व्यवसायीसँग भएको समझदारीपछि आजदेखि बुकिङ खुला भएको हो।

बुकिङको पहिलो दिन यात्रुहरुको लाइन लागेको छ। टिकटका लागि सर्वसाधरणले कष्ट व्यहोर्नु परेको बताएका छन् ।

यातायात व्यवसायीहरुले दशैंको मौका पारेर यात्रुहरुबाट मनपरी भाडा असुल्ने प्रवृत्तिको नियन्त्रणका लागि यातायात व्यवस्था विभागले अनुगमन टोली नै खटाएको जनाएको छ ।

सवारीसाधनले विभिन्न बहाना बनाई यात्रुबाट लिने तोकिएभन्दा बढी भाडादरको निगरानीका लागि विभागले यस्तो संयन्त्र तयार गरेको हो ।

“दशैंको मौका पारेर मनपरी भाडा लिने सवारीसाधनको निगरानीका लागि हामीले अनुगमन टोली गठन गरी फिल्डमा पठाइसकेका छौं,” यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बाह्रखरीसँग भने, “सरकारले तोकेभन्दा बढी भाडा असुल्ने सवारीसाधनलाई रु। ५ हजारसम्म जरिवाना गर्नेछौं ।”

यता ट्राफिक प्रहरी महाशाखाले यात्रुबाट तोकिएभन्दा बढी भाडा असुल्ने, यात्रुसँग दलाली गर्ने सवारीसाधन तथा टिकट काउण्टरको निगरानी अगाडि बढाएको छ ।

“विगत दुईदिन यता हामीले तोकिएभन्दा बढी भाडा लिने १६ सवारीसाधनलाई नियन्त्रणमा लिएका छौं,” महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालले भने, “हामीले यस्तो मनपरीतन्त्र नियन्त्रणका लागि सादापोशाकमा समेत कर्मचारी खटाएका छौं ।”

यस्ता छन् बस भाडाका मूल्यसूचीहरु-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: