Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

गुल्मी, भदौ २७ । अाज मङ्गलबार बिहान गुल्मीको रुरु गाउँपालिका–३ का निवासी २३ वर्षीय राजु सारु मोटरसाइकल दुर्घटना हुँदा  मृत्यु भएको छ ।

ना १७ प २४८१ नंको मोटरसाइकलमा सवार सारु सदरमुकाम तम्घासबाट रिडी जाने क्रममा आज बिहान रुरु गाउँपालिका–३ स्थित फलाटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बताउनुभयो ।

दुर्घटनामा परी घाइते सारुको रुरु स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा उनीसँगै सवार रुरु गाउँपालिका–३ निवासी २१ वर्षीय ईश्वरी रावतसमेत घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्रगतिमा रहेको उक्त मोटरसाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: