नबराज सिलवालले यस्ताे लेखे दुर्इ पेज लामो विज्ञप्तिमा (विज्ञप्ति सहित)

काठमाडौं, भदौ २८ । सर्वोच्च अदालतले आफूले दायर गरेको रिट खारेज गरे लगत्तै नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले प्रहरीको सेवाबाट राजीनामा दिएका छन् । आफू प्रहरी महानिरीक्षक (आईजीपी) हुनुपर्ने दाबी गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिएपछि सिलवालले प्रहरी सेवाबाट राजीनामा दिएका हुन् ।

याे पनि पढ्नुस  सिलवाल अब फरार अभियुक्त: सांसद पद निलम्बनमा नपर्ने

लामो राजीनामा पत्रको अन्तिममा सिलवालले आफू अन्यायमा परेकाहरुको आवाज बनेको दाबी गरेका छन् । ‘अन्यायमा पर्दा जीवन कस्तो पीडादायक हुँदो रहेछ भन्ने अनुभूतिको आधारमा पनि म अन्यायमा परेका तमाम नागरिकको एउटा शसक्त आवाज बन्ने कोशिस गर्नेछु’, सिलवालले राजीनामा पत्रको टुंग्याउनीमा भनेका छन्, ‘आजैका मितिदेखि नेपाल प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दछु । धन्यवाद ! जय नेपाल ।’ –अन्नपूर्णबाट 

याे पनि पढ्नुस  राजीनामा स्वीकृत नै नभई डिआइजीकै हैसियतमा पार्टी प्रवेश

 

कमेन्ट गर्नुहोस्