मासु उत्पादनमा रोल्पाका सर्वसाधारणहरु आत्मनिर्भर

रोल्पा, भदौ २८। मासुजन्य उत्पादनमा रोल्पा आत्मनिर्भर भएको छ । तर दूध र अण्डा उत्पादन भने अपुग देखिएको छ ।

जिल्ला पशु सेवा कार्यालयका अनुसार वर्षेनी ३३ लाख १७ हजार किलो मासु उत्पादन हुँदै आएको छ । औसत राष्ट्रिय आवश्यकताअनुसार प्रतिव्यक्ति १४ किलो मासु आवश्यकता पर्नेमा जिल्लामा औसत १५ किलो मासु उत्पादन भइरहेको छ ।

कुखुरा, राँगा, बंगुर र खसीबाट उत्पादित मासु जिल्लामा खपत भई बढी भएको जिल्लाबाहिर पठाउने गरिएको वरिष्ठ पशु विकास अधिकृत डा गान्धीराज उपाध्यायले जानकारी दिनुभयो । पशुजन्य उत्पादनअन्तर्गत दूध र अण्डामा भने अझै अपुग हुँदै आएको छ ।

याे पनि पढ्नुस  रसायन मल विस्थापित गरी जैविक मल भित्रयाउनुपर्छः अध्यक्ष घर्ती

जिल्लामा वर्षेनी ४९ लाख ३३ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । औसत राष्ट्रिय आवश्यकताअनुसार प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यकता पर्ने भए पनि जिल्लामा औसत प्रतिव्यक्ति २१ लिटर दूध मात्रै उपलब्ध हुँदै आएको छ । व्यावसासिक रुपमा गाई तथा भैँसीपालन कम भएको डा उपाध्याय बताउनुहुन्छ ।

याे पनि पढ्नुस  बाबुले रोग लुकाएका कारण पाँच बालबालिका जन्मँदै एचआइभी संक्रमित

यसैगरी अण्डा उत्पादन जिल्लाको आवश्यकताभन्दा कम देखिएको छ । औसत राष्ट्रिय आवश्यकताअनुसार व्यक्ति व्यक्ति ४८ वटा अण्डा आवश्यक पर्छ । तर हाल जिल्लामा १४ वटा अण्डा मात्रै उपलब्ध हुँदै आएको छ । कुखुरापालन गर्नेको सङ्ख्या बढे पनि अण्डाका लागि कुखुरा पाल्ने निकै कम भएकाले अण्डा उत्पादनमा कमी आएको हो ।

याे पनि पढ्नुस  रोल्पाका द्वन्द्वपीडित सैनिक पत्नि व्यवसायबाट मनग्ये आम्दानी गर्दै

“मासुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौँँ”, उहाँले भन्नुभयो । वैदेशिक रोजगारबाट फर्केकाहरु व्यावसायिक बाख्रापालनमा लागेका छन् । जिल्लालाई दूध र अण्डामा समेत आत्मनिर्भर बनाउन कार्यालयले कार्यक्रम सञ्चालन गरेको वरिष्ठ पशु विकास अधिकृत डा उपाध्यायले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्