Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

माओवादी नेता रौतहटमा एक भएर चुनावी प्रचारमा

काठमाडौंँ, भदौ २७ । प्रदेश नम्बर २ का आठ जिल्लामा हुन लागेको स्थानीय तहको निर्वाचन प्रचारप्रसारमा रौतहट जिल्लामा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता एक भएर जुटेका छन् । असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा रौतहटका माओवादी नेता तथा कार्यकर्ता एक भएर चुनावी अभियानमा लागेका हुन ।

पार्टी एकतासँगै आन्तरिक मतभेदलाई त्यागी माओवादी नेताहरु एकजुट भएर उम्मेदवारको प्रचारमा सहभागी भएका हुन । विभिन्न पार्टीहरुकाबीच चुनावी प्रतिस्पर्धामा माओवादी पनि एक भएर होमिएको हो ।

रौतहटमा भने छुट्टै माहोल देख्न सकिन्छ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले एवं माओवादी आ–आफ्ना राष्ट्रिय जनता पार्टी तथा अन्य दलहरु चुनावी एजेन्डासहित निर्वाचनमा होमिएका छन् । यसमा पनि माओवादी केन्द्र भने एकढिक्का भएर निर्वाचनमा होमिएको देख्न सकिन्छ ।

एमाले तथा कांग्रेसलगायतका दलमा उम्मेदवार टिकट वितरण विवादको विषय बनेपनि त्यसको असर निर्वाचनमा प्रचारमा समेत रौतहटमा देखिएको छ । दुई ठूला दलको विवाद कायमै रहेका बेला माओवादी केन्द्र भने एकमतका साथ निर्वाचनमा सहभागी भएर विगतमा निरास भएका जनतामा उत्साह थपेको स्थानीय मदन साहले बताए ।

उनले विगतमा माओवादीका एजेण्डा सहि हुदाँहुदौ पनि आन्तरिक विभाजन र एजेण्डा जनतासँग पुर्याउने विषयमा कमजोरी गरेको थियो अहिले भने निकै उत्साहका साथ एक भएर लागेको देख्दा माओवादी सुधिएको अनुभूति भएको बताए ।

रौतहटका माओवादी केन्द्रका नेता तथा सहरी विकास मन्त्री प्रभु साह, सांसद अशोक जयसवाल, पूर्व राज्यमन्त्री एवं सांसद सत्यनारायण भगतविन, देवेन्द्र पटेल, उपेन्द्र साहलगायतका नेताहरु उम्मेदवारलाई मत माग्न हातेमालो गरेका छन ।

रौतहटमा महिलाहरु पनि निकै उत्साहित भएर निर्वाचन अभियान तथा प्रचारमा सहभागी भएका छन । महिलाहरुको अधिकार प्राप्तिका लागि महिला उम्मेदवारलाई नै पहिलो रोजाईमा राखिएको उनीहरुको प्रतिक्रिया छ ।

रौतहटमा १६ नगरपालिका र दुई गाउँपालिका गरी १८ स्थानीय तह छन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: