रोहिंग्या समुदायका १०० जनाको मृत्यु

भदौ २८ । म्यानमारमा पछिल्लो समयमा यहाँका स्थानीय रोहिंग्या समुदायका नागरिककामाथि ज्यादती भएको भन्दै देश छोडेर भाग्नेक्रममा कम्तीमा पनि १०० जनाको ज्यान गएको बताइएको छ ।

गएको अगष्ट २५ तारिखदेखि उक्त विवाद सुरु भएको हो । सो विवादका कारण रोहिंग्याले देश छोडेका छन् । उनीहरु छिमेकी देश बंगलादेशमा पुगेर शरणार्थीकोरुपमा रहेका छन् ।

म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदीबाट उनीहरु पार गर्नेक्रममा यसरी ज्यान जाने गरेको छ । त्यस समयदेखि बुधबारसम्ममा कम्तीमा पनि १०० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

याे पनि पढ्नुस  रोहिंज्या मुस्लिमहरुको समस्या बढाउन रास्ट्र संघ समेत ज़िम्मेवार भएको बीबीसीको दावी

तीमध्ये कतिपय सो नदीले बगाएकोले शव पनि भेटिएको छैन । ज्यान जानेमा कैयौंको संख्यामा बालबालिका पनि परेका छन् । तर, संख्या भने स्पस्ट छैन ।

म्यानमारको रोहिंग्या मुस्लिम समुदायका झन्डै तीन लाख मानिस भागेर शरणार्थीकारुपमा बंगलादेश विस्थापित भएपछि यस समुदायमाथि भएको ज्यादतीको विषयमा व्यापक विवाद सुरु भएको छ ।

याे पनि पढ्नुस  रोहिंज्या मुस्लिमहरुको समस्या बढाउन रास्ट्र संघ समेत ज़िम्मेवार भएको बीबीसीको दावी

राखिन राज्यमा रोहिंग्या मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण दशौं हजार व्यक्ति राखिन राज्यभित्र पनि विस्थापित भएका छन् । विस्थापित यी व्यक्तिहरू पहाडी इलाकामा खाद्यपदार्थ, पानी, आवास र औषधि उपचारबिना नै बसेका छन् ।

अहिलेसम्म यहाँबाट भागेर बंगलादेशसम्म पुग्ने नागरिकको संख्या कम्तीमा पनि तीन लाख पुगेको छ । उनीहरुलाई त्यहाँ पनि खान र बस्नका लागि आधारभूत आवश्यकता समेतको व्यवस्था नरहेको बताइन्छ ।

याे पनि पढ्नुस  रोहिंज्या मुस्लिमहरुको समस्या बढाउन रास्ट्र संघ समेत ज़िम्मेवार भएको बीबीसीको दावी

उनीहरुले नदी तर्नेक्रममा माछा मार्ने र कमसल खालको डुंगा प्रयोग गर्ने गरेका कारण पनि यस्तो दुर्घटना भएको हो ।

सानो डुंगामा धेरैजना बस्ने गर्नाले डुंगा डुब्ने र धेरै व्यक्ति त्यसैका कारण डुब्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्