निर्वाचन आचारसंहिता मिचिएको छैनं– प्रचण्ड

गोलबजार, भदौ २८ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तहको प्रदेश–२ मा हुन गईरहेको निर्वाचनमा आचारसंहिता उल्लंघन नगरिएको बताएका छन् ।

सिराहाको गोलबजारमा आयोजित बिशाल चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोगले आचारसंहिता उल्लंघन भएको बिषयमा चासो राखेको उल्लेख गर्दै मधेशमा चौतर्फी चुनाबी उत्सव चलेका बेला बालबालिकादेखि बृद्दसम्म स्वास्फूर्त रूपमा चुनाबमा होमिएको बताए ।

याे पनि पढ्नुस  सगरमाथा मापन गर्ने टोली सिरहा प्रस्थान

‘सबैमा चुनावको उत्साह छ । सिंगो मधेश चुनावमय छ । सबैले यो उत्सव मनाई रहेका छन् । बालकदेखि बृद्दसम्मलाई चुनाव लागेको छ’ प्रचण्डले भने, ‘सबै रमाएको बेला कसलाई झण्डा बोक्न रोक्ने ? जानी जानी बालबालिकालाई कसैले हिडाउनु नै पर्देन ।’

बालबालिकादेखि बृद्द, महिला र पुरुषमा मधेशमा हुन गइरहेको निर्वाचनले खुसी ल्याएको बताऊँदै प्रचण्डले बिगतको अवस्था सम्झिन आग्रह गरेका छन् । आफू प्रधानमन्त्री भएको बेला मधेशमा मिर्वाचन कल्पना बाहिरको कुरा रहेको सन्दर्भमा अहिलेको यो उत्साहलाई सफलता र ख़ुशीका रूपमा लिनुपर्ने उनको भनाई थियो ।

याे पनि पढ्नुस  सिरहा बस दुर्घटनाः तीनको मृत्यु, ४० बढी यात्रु घाइते

प्रचण्डले भने, ‘मैले आफूले गरेको कामको जस यसरी शान्तिपूर्ण रुपमा चुनाव सुनिश्चत हुने अवस्थाबाट पाएको छू । निर्वाचन आयोगले पनि यो उत्साहलाइ सफल निर्वाचनको रूपमा लिनु पर्छ ।’

सिरहाको मिरचैयामा आयोजित अर्कों कार्यक्रम बोल्दै अध्यक्ष प्रचण्डले राप्रपा र एमालेका कारण संबिधान संशोधन हुन नसकेको बताएका छन्बर । केन्द्रको अब हुने निर्वाचनमाक परिवर्तनकारी शक्तिहरूले दुई तिहाई मत ल्याए फेरी उपलब्ध हुन नसकेका अधिकारलाई समेटेर संशोधन प्रस्ताव ल्याउने उनको भनार्इ थियो ।

कमेन्ट गर्नुहोस्