मधेसविरोधी एमालेलाई चुनावबाटै पाखा लगाउनुपर्छ : प्रधानमन्त्री देउवा

धनुषा, भदौ २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसीहरुको समस्या बुझ्ने तथा समाधान गर्ने नेपाली कांग्रेस मात्रै भएकाले एमालेलाई जनताले चुनावमार्फत पाखा लगाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसले बुधबार जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले नेपाली कांग्रेस मधेशको हरेक समस्याको समाधान गरेर मधेशी जनताको भावनाको कदर गर्ने पक्षमा रहेको बताएका छन् ।

याे पनि पढ्नुस  कांग्रेसले लगायो उम्मेदवारको टुंगो, नामवलीसहित

नेपाली कांग्रेस संविधान संशोधनका लागि प्रयत्नशील रहेको बताउँदै प्रधानमन्त्री देउवाले पार्टीसँग स्पष्ट बहुमत नहुँदा त्यो सफल हुन नसकेको बताए । उनले एमाले अध्यक्ष केपी ओलीलाई संशोधनका विषयमा पटक पटक आग्रह गर्दासमेत अटेर गरेर एमाले विपक्षमा उभिँदा मधेशका समस्या समाधान हुन नसकेको टिप्पणी गरे ।

याे पनि पढ्नुस  महतले माइक खोसेपछि घम्साघम्सी, कांग्रेस महासमिति बैठक स्थगित

एमाले मधेश विरोधी र विखण्डनवादी शक्ति भएकाले जनताले अब चुनावबाटै पाखा लगाउनुपर्ने देउवाले बताए ।

प्रधानमन्त्री देउवाले नेपाल भारत मिलेर मात्र डुवानको समस्या समाधान हुने र त्यसका लागि पनि प्रयास जारी रहेको उनले बताए ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा आएको परिवर्तनको रक्षाको लागि जनताले कांग्रेसलाई जिताउनु पर्ने विचार व्यक्त गरेका छन् ।

याे पनि पढ्नुस  सुशीलदेखि सुशीला प्रकरण पार्टी पराजयको प्रमुख कारण : कांग्रेस

कार्यक्रममा कांग्रेसका महामन्त्री शशांक कोइराला, कांग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना, पूर्व गृहमन्त्री विमलेन्द्र निधि, सीतादेवी यादव, कृषि मन्त्री रामकृष्ण यादव, खानेपानी मन्त्री महेन्द्रप्रसाद यादवलगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्