Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

के हाे माअाेवाद ? काे हाे माअाेवादी र काे हाेईन माअाेवादी !

पुष्कर खड्का/

पुजिवादी अर्थ ब्यबस्था वाट समाजवादी अर्थ ब्यबस्थामा प्रवेश गरेपनि अधिरचनाका सबै क्षेत्रहरु जस्तै राजनैतिक , सांस्कृतिक र शैक्षिक क्षेत्रमा समाजवादीकरण गरिएन भने समाजवादको बिघटन अबस्वयंभावी नै हुन्छ ।

तसर्थ चीनमा समाजवादी अर्थ ब्यबस्था स्थापना भए पश्चात त्यही अनुरुपको अधिरचनाको आवस्यकताबोध हुनु स्वभाविक थियो । त्यसकारण त्यहाको पुरानो पुजिवादी राजनैतिक,साकृतिक र शैक्षिक प्रणालीलाई समाजवादीकरण गर्नु कमरेड माओत्सेतुङ्गको निम्ति पहिलो प्राथमिकताको बिषय बन्यो । तर परिस्थिति सहज थिएन । चीनका राष्ट्रिय पुजीपति र पार्टी कै मै हु भन्ने घगडान नेताहरु त्यसको बिपक्षमा थिए ।  उनीहरुलाई बिस्व प्रतिक्रियावादले त साथ दीइरहेकै थियो त्यसमाथि तात्कालीन सोभियत संशोधनवादी दलका नाईकेहरु खुर्स्चोभ र ब्रेझनेभहरुले खुलियाम सहयोग गरिरहेका थिय ।

यो अवस्थामा अधिरचनाका सबै क्षेत्रमा समाजवादीकरण गर्न सहज थिएन । तैपनि अघि बढ्नु नै थियो ,त्यसैले यो असहजता लाई चिर्दै चीनमा पूजीवादको पुनर्स्थापना रोक्न र सर्वहारावर्गको अधिनायकत्वलाई लाई मजबुत पार्दै समाजवादलाई अघि बढ़ायर सुदृध र समृद्ध चिन निर्माण गरि बिस्व-साम्यवादको ढोका खोल्नका निम्ति कमरेड माओत्सेतुङ्गले महान सर्वहारा सास्कृतिक क्रान्तिको घोषणा गर्नु भएको थियो ।

महान सर्वहारा सास्कृतिक क्रान्तिमा करोडौ नेता,कार्यकर्ता र अरबौ चिनिया जनता मात्र होईन सिंगो चिन जुरुक्क उठेको थियो । विचारधाराको क्षेत्रमा समाजवादमा पनि बुर्जुवाबर्ग र सर्वहारा वर्ग बीच चर्को संघर्ष चलिरहन्छ ! त्यसकारण समाजबाद नै सर्वहारा या बुर्जुवा कसले जित्छ तुङ्गि सकेको अवस्था होईन , ‘ निरन्तर क्रान्तिमा जोड देउ ‘ , ‘ वर्ग संघर्षलाई कहिल्यै नबिर्स ‘ भन्ने माओवादी मान्यताका बिरुद्ध पार्टी र सरकारको नेतृत्वमा रहेर चीनमा पुजिवाद र समाजवाद मध्य कसले जित्छ भन्नेकुरा तुंगी सकेकोछ ! समाजवादमा निरन्तर क्रान्ति र वर्गसंघर्षको आवस्यकता छैन ।

पुष्कर खड्का

लिउ ,तेङ्ग गुटले संरक्षन गरेर राखेका र समाजवादमा पनि शोषण गर्न पाईन्छ नाफा कमाउन पाईन्छ भन्ने मानसिकता पालेका ठुल्ठुला पुजीपतिहरु त सर्वहारा सांस्कृतिक क्रान्तिको तारो बने नै ।

समाजवादमा पनि निजि सम्पति राख्न पाउनुपर्छ ,ब्याज लिन पाउनुपर्छ ,नोकर चाकर राख्न पाउनुपर्छ भन्ने मान्यता राख्ने पुजीपति बर्गका छद्म एजेन्ट तथा चिनिया संशोधनवादका नाईकेहरु लिउ स्याओ ची र तेङ्ग स्याओ पिङ्ग सहित उनीहरुका अन्धभक्तहरु कैयौलाई महान सर्वहारा सास्कृतिक क्रान्ति कै दौरानमा पार्टी र सरकारको सबै जिम्मेवारी बाट बर्खास्त गरियो । लिउ ,तेङ्ग गुटले संरक्षन गरेर राखेका र समाजवादमा पनि शोषण गर्न पाईन्छ नाफा कमाउन पाईन्छ भन्ने मानसिकता पालेका ठुल्ठुला पुजीपतिहरु त सर्वहारा सांस्कृतिक क्रान्तिको तारो बने नै । साथमा पुराना खराब सस्कृति ,सस्कार र बानि ब्यबहार वाट मुक्त नहुने , बद्लिएको परिस्थिति अनुरुप आफुलाई बदलेर समाजवादीकरण गर्न नसक्ने तर पार्टी र सरकारको उच्च ओहदामा बसिरहने अरु कैयौ बडे बडे नेताहरु पनि सो क्रान्तिका निशाना बने ।

सरल ढंगले भन्नुपर्दा कमरेड माओत्सेतुङ्गले बिस्व कम्युनिस्ट आन्दोलनमा दृघकालिन जनयुद्धको आवस्यकताबोध र त्यसको कार्यनीति र रणनीति निश्चित गर्नुभयो , वहाले नया जनवादी क्रान्ति र क्रान्ति भित्र निरन्तर क्रान्तिको सिद्दान्त प्रतिवादन गर्नुका साथै मार्क्शवादको तिन वटै संघटक अंगहरुको उच्चतम बिकाश गर्नु भयो । यसर्थमा सर्वहाराबर्गको मुक्तिको खातिर कमरेड माओत्सेतुङ्गले मार्क्शवाद-लेनिनवादमा गर्नु भएको बिकास र योगदानलाई नै बिस्व कम्युनिस्ट आन्दोलनमा माओबाद या माओ विचारधारा भनियो । जुन व्यक्ति समुह या संगठनले माओत्सेतुङ्गका बिचारहरु अर्थात माओबादलाई आफ्नो पथप्रदर्शक सिद्दान्त मानेर अघि बढ्छ त्यो व्यक्ति ,समुह र संगठन नै माओवादी हो ।

दिनभरी सर्वहारा,सुकुम्वासी र किशाण ,मजदुरको श्रमको शोषण गर्ने तर बिहान बेलुकी माओवादी बनेर हिड्ने त्यो पनि माओवादी होईन । आचरण,बानि ब्यबहार ,सस्कार, सस्कृति हिडाई,बसाई ,लवाई,खुवाई ,आचार,बिचार सबै मध्य युगिन बादशाहको जस्तो छ तर उसले आफुलाई माओवादी दावी गर्छ त्यो माओवादी होईन ।

माओवादलाई पथप्रदशक सिद्दान्त मान्दै तत्कालिन ने.क.पा.( माओवादी) को पहल र नेतृत्वमा भएको महान जनयुद्धको लोकप्रियता दोहन गर्दै हिजो-आज कैयौ व्यक्ति,समुह र संगठनहरु सडकमा माओवादी बनेर दौडीरहेकाछन । यथार्थमा ति मध्य सबै माओवादी होईनन । भित्र अध्यारो कोठामा दलाल,तस्कर भ्रस्टाचारी, र कमिशनखोर संग बसेर आम्दानीको भागबण्डा गर्ने तर बाहिर सडकमा निक्लेर आफुलाई माओवादी घोषणा गर्ने त्यो माओवादी होईन । दिनभरी सर्वहारा,सुकुम्वासी र किशाण ,मजदुरको श्रमको शोषण गर्ने तर बिहान बेलुकी माओवादी बनेर हिड्ने त्यो पनि माओवादी होईन ! आचरण,बानि ब्यबहार ,सस्कार, सस्कृति हिडाई,बसाई ,लवाई,खुवाई ,आचार,बिचार सबै मध्य युगिन बादशाहको जस्तोछ तर उसले आफुलाई माओवादी दावी गर्छ त्यो माओवादी होईन ।

जस्ले हिजो मिलेराबाद मुर्दावाद भन्यो उसैले आज मिलेराबाद नै आजको मार्क्शवाद हो भन्छ भने अब उ माओवादी रहेन ! जस्ले दिनभर माओवादी क्रान्तिको कुरा गर्छ त्यसैले रातभर प्रतिक्रियावादी ब्यबस्था अन्तर्गत कै सांसद, मन्त्रि र प्रधानमन्त्रीको सपना देख्छ भने त्यो पनि माओवादी होईन । जस्ले बोलीमा जनवाद ,समाजवाद र साम्यवाद स्थापनाको कुरा गर्छ तर ब्यबहारमा पुजिवाद्लाई मजबुत पार्ने काम गर्छ त्यो माओवादी होईन ! त्यस्तै जुन संगठनले व्यबहारमा वर्नस्ताईनवाद ,काउत्सकिवाद,खुर्स्चोभवाद र तेङ्गवाद लागु गर्छ तर दस्तावेजमा माओवाद लेख्छ त्यो संगठन माओवादी संगठन होईन ! जुन संगठन ब्रेझनेभ , गोर्वाचोभ र लिउ शाओ ची को बाटोमा हिड्छ तर त्यसले आफ्नो मार्गदर्शक सिद्दान्त माओवाद भन्छ त्यो माओवादी संगठन होईन ! जुन संगठन ब्यबहारमा संसदबादमा चुर्लुम्म डुबेको छ र उ कहिल्यै त्यहा बाट निक्लने सम्भावना छैन तर त्यसले भाषण ,प्रशिक्षणमा माओवादको कुरा गर्छ त्यो संगठन माओवादी होईन ।

एउटा माओवादीले आफु माओवादी भैरह्नको निम्ति एकपटक मात्र होईन पटक पटकको परिक्षामा आफुलाई पास गर्न सक्नु पर्दछ । महान जनयुद्धको क्रममा माओवादी परिक्षामा पास भएको मान्छे अहिलेको परिस्थितिमा पनि उ पास नै हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।

बिगत ,बर्तमान र भबिस्य यी तिन वटै चिज आ-आफ्नो ठाउमा उत्तिकै महत्वपूर्ण छन ! आन्दोलनलाई बिगतमा कसले कति योगदान गर्यो ? त्यसलाई भुलेर व्यक्तिको मुल्यांकन गरियो भने त्याहा अन्याय हुन्छ ! भबिस्यको सम्भावनालाई उपेक्षा गरेर निस्कर्ष निकालियो भने त्यसले आन्दोलनलाई फाईदा होईन नोक्शानी पु-याउछ । तर मुख्यकुरा भनेको बर्तमान नै हो ! बर्तमानमा कस्ले कहा के गर्दैछ ? त्यसको आधारमा को के हो ? भन्ने कुरा ठिक ढंगले ठम्याउन सकिन्छ । भनिन्छ ‘एउटा माघले जाडो जादैन ‘ एउटा माओवादीले आफु माओवादी भैरह्नको निम्ति एकपटक मात्र होईन पटक पटकको परिक्षामा आफुलाई पास गर्न सक्नु पर्दछ ! महान जनयुद्धको क्रममा माओवादी परिक्षामा पास भएको मान्छे अहिलेको परिस्थितिमा पनि उ पास नै हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन ! अबस्य उ पास भए बर्तमानमा पनि माओवादी हुन्छ फेल भए माओवादी हुदैन । बिगतमा सो परिक्षामा फेल भएको मान्छे उ सधै फेल नै हुन्छ माओवादी बन्न कहिल्यै सक्दैन भन्ने पनि होईन बर्तमानमा पास भएर उ माओवादी बन्न सक्छ, उसलाई माओवादी बन्ने अधिकार छ ।

हिजो कुनै कारणबश माओवादी आन्दोलन भन्दा बाहिर रहेको मान्छे उ सधै माओवादी आन्दोलन बाट बाहिर नै रहन्छ भन्ने पनि होईन । हिजो भित्र रहेका आज बाहिर जान सक्छ बाहिरको भित्र आउन सक्छ ! हिजो जनयुद्धमा सहभागी नभएकाहरु माओवादी होईनन र उनीहरु कहिल्यै माओवादी हुन सक्दैनन् भन्ने मान्यता राख्नु गलत हो ! त्यस्तै हिजो जनयुद्धमा सहभागी भएकाहरु मात्र माओवादी हुन् र उनीहरु सधै माओवादी नै रहन्छ भन्ने शोच्नु पनि गलत हो ! हिजो माओवादी बिचारमा कन्भिस नभएको मान्छे आज सो बिचारमा कन्भिस भएर असल माओवादी बन्न सक्छ ,हिजो माओवादी बिचारमा सहमत मान्छे आज सो बिचारमा असहमत बनेर पलाएन हुनपनि सक्छ ।

माओवादी बन्नु भनेको विचारको कुरा हो , महान जनयुद्ध लड्नु भनेको बिचारका साथै प्राबिधिक र सांगठानिक कुरा पनि हो । जनयुद्ध लडेर या न लडेर जसले माओवादी दर्शन ,विचार ,सिद्दान्त र मुल्य मान्यतालाई आफ्नो जीवन दर्शन बनायो र बनाईरहेको छ त्यो माओवादी थियो र माओवादी हो । तर माओवादी बिचारलाई पथ प्रदर्शक सिद्दान्त मान्ने संगठन एक भन्दा बढी भएको अवस्थामा जुन संगठनले माओवादलाई मार्गदर्शक सिद्दान्त मान्दै जनयुद्धको सचेत पहल ग-यो त्यो संगठनको सदस्य जनयुद्धमा सहभागी भयो । जुन संगठनले माओबाद्लाई मार्गदर्शक सिद्दान्त त मान्यो तर जनयुद्धको सचेत पहल गरेन त्यो संगठनको सदस्य जनयुद्धमा सहभागी भएन फरक यत्ति हो ।

अन्त्यमा दोहो-याएर : दश बर्षे महान जनयुद्धको उच्च लोकप्रियताको दोहन गर्दै आफुलाई माओवादी दावी गर्ने राजनैतिक व्यापारीहरु नेपालमा कम छैनन् । महान जन युद्धमा जस्ले जुनस्तरको त्याग र बलिदान ग-यो उस्लाई त्यही स्तरमा सम्मान गरिनु पर्दछ यो निर्बिबाद सत्य हो । तर बिगतमा कसैले महान जनयुद्धमा गरेको त्याग र बलिदानकै आधारमा बर्तमानमा उसले जतिसुकै माओवादी मूल्य र मान्यता बिरोधि हर्कत गरेपनि , क्रान्ति प्रति जतिसुकै बिस्वासघात र गद्दारी गरे पनि फेरि उस्ले आफुलाई माओवादी नै हु भनि दावी गर्छ भने त्यो दावी निरर्थक हो उ माओवादी हुदै होईन । बरु उ हुनसक्छ पुर्व माओवादी ,खाओवादी , अवसरबादी ,पलायनबादी ,नव संशोधनबादी ,संसदबादी या नव प्रतिक्रियावादी ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: