Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नहरमा डुबेर बालक बेपत्ता

मोरङ, भदौ २९ । मोरङको बूढीगंगा गाउँपालिका–६ घेराबारी टोलमा बुधबार साँझदेखि नहरमा डुबेर एक बालक बेपत्ता भएका छन् ।

सोही ठाउँका देउमान लिम्बूका पाँचवर्षीय छोरा आर्यन लिम्बू खेल्ने क्रममा साँझ घेराबारी टोलस्थित चतरा मूलनहरमा डुबेर बेपत्ता भएका हुन् । बेपत्ता बालकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

लागुऔषधसहित युवक पक्राउ

यसैबीच, मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले गएराति लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी धरान–१६ बस्ने २० वर्षीय सोरेन विश्वकर्मा रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले राति ९ बजे पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट शरीरको विभिन्न भागमा लुकाएर ल्याएको लुपिजेसिक ८ एम्पुल, डाइजेल्याप ८ एम्पुल, एभिल ८ एम्पुल गरी जम्मा २४ एम्पुल बरामद गरेको छ ।

पक्राउ परेका विश्वकर्मालाई इलाका प्रहरी कार्यालय निमुवामा राखेर थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: