Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विश्वकै सबैभन्दा बुढो पाण्डाको मृत्यु

भदौ २९ । विश्वको सबैभन्दा पाको उमेरको घरपालुवा पाण्डाको मृत्यु घएको छ । ३७ वर्षको उमेरमा दक्षिण–पूर्वी चीनको फुजियानमा मृत्यु भएको उनका संरक्षकले बताएका छन् ।

‘बसी’ नाम दिइएको उक्त पोथी पान्डालाई आफ्नो प्रजातीमा विश्वकै सबैभन्दा लामो उमेरसम्म बाँच्ने जीव भनिएको बीबीसीले उल्लेख गरेको छ ।

मानवको उमेरसँग तुलना गर्ने हो भने त्यो जीव १०० वर्ष भन्दा बढी बाँच्न सफल भएको छ । चिनियाँ सरकारले यस प्रजातीको पान्डालाई निकै प्राथमिकताका साथ संरक्षण गरिरहेको छ ।

वषौंदेखिको संरक्षण प्रयासका कारण चीनमा पान्डा संकटाको अवस्थाबाट मुक्त भइसकेको छ । बसी नाम गरेको उपत्यकाको हिमनदीबाट उद्धार गरिएकाले उनको नामको नाम बसी राखिएको थियो । खेलकुदको प्रशिक्षणसमेत लिएकी बसीले सन् १९९० को पहिलो एसियाली खेलकुदको प्रतीक ‘मस्कट’लाई समेत प्रेरित गरेको थिइन् । त्यसपछि उनी विश्वभर प्रसिद्ध ‘सेलिब्रेटी’ खेलाडीको रुपमा चिनिएकी थिइन् ।
उनले विशेषगरी भारात्तोलन खेलमा सबैभन्दा बढी रुची राखेकी थिइन् ।

चार वा पाँच वर्षको उमेरदेखि उनलाई फुचियानको आश्रयस्थलमा राखिएको थियो । चीनमा अहिले पान्डाको संख्यामा उल्लेख्य वृद्धि भइसकेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: