Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एन्फाले थ्रीस्टारलाई १ करोड ५० लाख क्षतिपूर्ती दिने

ललितपुर भदौ २९ । अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन क्लब च्याम्पियनसिपको प्लेअफ खेल्नबाट बञ्चित रुस्लान थ्रीस्टार क्लबलाई १ करोड ५० लाख रुपैयाँ क्षतिपुर्ती दिने निर्णय गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको कार्यसमिति बैठकले थ्रीस्टारलाई दिईने क्षतिपुर्तीको बिषय एन्फाको आगामी साधारण सभामा लैजाने सहमती गर्दै आन्तरिक श्रोतबाट सो रकम क्लबलाई दिने निर्णय गरेको हो ।

एएफसीले पटक पटक ताकेदा गर्दा समेत एन्फाको चरम लापरबाहीका कारण थ्रीस्टार एएफसी एसियन क्लब च्याम्पियनसिपको दोस्रो चरणको प्लेअफ खेल्न बञ्चित भएको थियो ।

एन्फाको कार्यकारी अधिकृत समेत रहेका प्रवक्ता इन्द्रमान तुलाधरका अनुसार संघको अघिल्लो कार्यसमिति बैठकले थ्रीस्टारलाई क्षतिपुर्ती दिने बिषयमा सहमती जुटाएपनि रकमको बिषयमा निर्णय गरेको थिएन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: