‘मधेशी नागरिकसँगको मेराे प्रेम सच्चा छ’: प्रचण्ड

महोत्तरी, भदौ ३० । मधेशी नागरिकसँगको प्रेम सदैव रहने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका  छन् ।

महोत्तरीको रामगोपालपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले आफूले गर्दै आएको प्रेम सच्चा रहेको र केही भिलेनहरुले आफूहरुकोबिचमा दरार बनाउने काम गरिएकोले अब असन्तुष्ट मधेशी नागरिक पुनः आफूहरुमाथि विश्वास गर्दै आएको बताए ।

आफू प्रधानमन्त्री रहेको समयमा मधेशलाई विश्वासमा लिन र उनीहरुको माग सम्बोधन गर्न तत्पर रहँदै आएको अध्यक्ष प्रचण्डले दाबी छ । प्रधानमन्त्री रहेका बेला मधेशी नागरिकको जायज माग सम्बोधन गर्न अधिक अभ्यास गरेको बताउनुदै प्रचण्डले मधेशी दलको असन्तुष्टि सम्बोधन गर्न र चुनावमा ल्याउन आफूले ठूलो भूमिका निर्वाह गरेको दाबी समेत गरे ‍।

याे पनि पढ्नुस  लम्पसारवादी भन्नेहरु नै प्रधानमन्त्री नछाेड्नु भन्ने ठाउँमा अाउनुभयाे : "प्रचण्ड"

यसअघि  अध्यक्ष प्रचण्डले फेरी संबिधान संशोधन प्रस्ताव केन्द्रीय व्यवस्थापिका सदनमा ल्याईने बताएका छन् ।

धनुषाको सहीद नगरपालिका यदुकुहामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले एमाले र राप्रपाका कारण मधेशी जनताका अधिकार स्थापित गर्न नसकिएको टिप्पणी गरे ।

‘मैले मधेशी जनताका जायज माग पुरा गर्न निकै कोशिश गरे । मतदानमा संशोधन प्रस्ताव लगियो तर पुराना राजामहाराजावादी र परिवर्तन नचाहने पार्टीहरूका कारण पारित गर्न सकिएन ।’ प्रचण्डले भने ‘अब प्रदेश र केन्द्रमा परिवर्तनकारी शक्तिहरूको बहुमत भएको बेला फेरी प्रस्ताव ल्याएर मधेशी जनताको अधिकारको ग्यारेंटी गरिनेछ ।

याे पनि पढ्नुस  राजनीतिमा ‘ब्रेक थ्रु’ गरे लगत्तै प्रचण्ड चितवन जाँदै

संबिधान संशोधन प्रस्ताव पारित नभएपनि सबै दललाई निर्वाचनसम्म ल्याई पुरयाऊन सफल भएको बताऊँदै प्रचण्डले भने, ‘संशोधन प्रस्ताव पारित हुन सकेन तर यो संबिधान केही होईन भन्ने होईन, सामाजिक न्याय, समावेशिता, गणतंत्र, धर्म निरपेक्षता जस्ता कुरालाइ यसले संस्थागत गरेको छ । अब प्राप्त उपलब्धिको रक्षा गरेर बाँकी मुद्दालाई संशोधनमार्फ़त हल गरेर यसको सर्वस्वीकार्यता बनाऊन हाम्रो कोशिस हुने छ ।’

स्थानीय तह, माओवादी जनसत्ताकै अर्को स्वरूप

अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन चानचुने उपलब्धि नभएको बताऊनु भयो । यो पंचायती चुनाव ज़स्तो या गाविस अध्यक्ष चुने ज़स्तो नभइ स्थानीय सरकारको चुनाव भएकोले यसको महत्व बुझन अपील गरे ।

याे पनि पढ्नुस  नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रचण्डले जवाफ दिँदै

‘तपाईहरूले गाऊँको, आफ्नो क्षेत्रको प्रधानमन्त्री चुन्ने अवसर पाउनु भएको छ । यो २० वर्षपछिको पहिलोपटक हुन गईरहेको र गुणात्मक रूपले फ़रक़ ऐतिहासिक चुनाव हो ।’ प्रचण्डले भने, ‘हिजो हामीले जनसत्ता र जनसरकार संचालन गरेका थियौ तर त्यसले वैधानिकता पाएको थिएन । स्थानीय तहको निर्वाचनबाट बन्ने अहिलेको सरकार पनि त्याहि जनसरकार हो, बैधानिक र सबैले मान्यता दिएको स्थानीय सरकार ।’

आम जनताले यो स्थानीय तहको महत्व बुझन नसके ग़लत तत्वहरूको हातमा स्थानीय सत्ता पुग्ने ख़तरातर्फ इंगित गर्दै प्रचण्डले परिवर्तनकारी पार्टीलाई मत दिन अपील गरे। 

कमेन्ट गर्नुहोस्