Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

संशोधनको बाधक एमाले : प्रधानमन्त्री

कलैया, भदौ ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको बताएका छन् ।

बाराको सदरमुकाम कलैयामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले संविधान संशोधनको विरुद्धमा नेकपा एमाले उभिएका कारण असफल भएको बताएका छन् । उनले तराई–मधेशका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने दृढता व्यक्त गरे ।

एमाले पार्टीले मुलुकमा विखण्डन ल्याउन खोजेको कुरा मधेसका जनता बुझिसकेको बताउँदै मधेशी जनताको अधिकार प्रवद्र्धनका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै मतदातामा आग्रह गरे ।

पहाडवादको खोक्रो नारा दिएर मुलुकको विकास हुन नसक्ने बताउँदै प्रधानमन्त्री देउवाले एमालेले हिमाल, पहाड र तराईका जनताको सम्मान हुने काम गर्नुपर्ने बताए ।

सभापति देउवाले काँग्रेस मधेसको भूमिबाट जन्मेको पार्टी भएकाले तराई– मधेसको रक्षा गर्ने दायित्व पनि काँग्रेसकै काँधमा आएको बताउँदै काँग्रेसले अन्तिम समयसम्म मधेसको अधिकारका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरे ।

दुई नम्बर प्रदेशमा नेपाली काँग्रेस पहिलो पार्टी हुने दावी पनि उनले गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: