काभ्रेमा स्वाइनफ्लुबाट एक जनाको मृत्यु

काभ्रे, भदौ ३० । स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा शुक्रबार एक जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा अर्जुन सापकोटाकाअनुसार स्वाइनफ्लुुका कारण पनौती नगरपालिका– ७ की ४० वर्षीया चाँदनी नेवाको ज्यान गएको हो ।

‘केही दिनअघि एक महिनाका लागि भारतका विभिन्न धार्मिकस्थलमा तीर्थयात्रा गरेर घर फर्केको र फर्केलगतै बिरामी भएर अस्पताल भर्ना भएको’ डा अर्जुन सापकोटोले बताए ।

चाँदनी नेवाको ज्यान गएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले भने मृतकको घर नजिकका समुदायमा आवश्यक सर्तकता अपनाउन स्वास्थ्यकर्मी परिचालन गरेको कार्यालयका प्रमुख डाक्टर अर्जुन सापकोटाले जानकारी दिए ।  रासस

कमेन्ट गर्नुहोस्