नेपालले भने, ‘एमालेलाई जिताउनुहोस्, एमालेले तराईमा विकास गर्छ’

रौतहट, भदौ ३० । नेकपा (एमाले)का नेता माधवकुुमार नेपालले आगामी असोज २ गते हुुने तेस्रो चरणको स्थानीय निर्वाचनमा एमाले नै पहिलो पार्टी बन्ने बताएका छन् ।

गृह जिल्ला रौतहटको बौधीमाई नगरपालिकाअन्तर्गत इनरवामा आयोजित चुुनावीसभालाई सम्बोधन गर्ने क्रममा तराईमा एमालेप्रति जनलहर
चलेको बताए ।

याे पनि पढ्नुस  स्थानीयबीच झडप हुँदा एक जनाको मृत्यु

तेस्रो चरणको स्थानी निर्वाचनका क्रममा आफू जनताबाट लखेटिएको सम्झनाहरु ताजै रहँदा पनि नेता नेपालले आफूहरुलाई जनताले माया गर्ने भन्दै निर्वाचनमा भोट माग्दै थिए । नेता नेपालले भने, ‘चुनावमा एमालेलाई भोट हालेर जिताउनुहोस्, एमालेले नै तराईको विकास गर्नेछ’ भन्दै आश्वासन दिँदै थिए । आगामी पाँच वर्षभित्र रौतहटलाई कच्ची सडकमुक्त गराइने घोषणा गरे ।

याे पनि पढ्नुस  समितिको बैठकमा माधव नेपाल र योगेश भट्टराई रोएपछि.... (रसाए सबैका आँखा)

उनले विपक्षीले एमालेलाई मधेश विरोधी भनेर गलत भ्रम फैलाएका भन्दै त्यस्ता भ्रममा नपरेर निर्वाचनमा एमालेलाईं जिताउन आग्रह गरेका छन् ।

मधेशको विकासका लागि काम गर्दै जाँदा केन्द्रबाट अर्बौ लगानी गर्न एमालेको सरकार तयार रहेको भन्दै भोट एमालेलाई नै दिन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्