Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आफ्नो प्रतिवद्धता जसरी पनि पूरा गरेकै छाड्ने रेनु दाहालको दावी

भरतपुर, भदौ ३१ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सुन्दर र सफा सहरका लागि हरियाली अभियान आफ्नो प्राथमिकतामा रहेको बताएकी छिन् ।

महानगरको ११ नम्बर वडामा रहेको गणेशस्थान मन्दिर संरक्षण संवर्धन समितिले मन्दिर परिसरमा रहेको रोटरी पार्कमा आयोजित वृक्षारोपण कार्यक्रमा सहभागी मेयर दाहालले हरियाली मानव सभ्यतासँग जोडिएको उल्लेख गरिन । उनले एक घर दुई विरुवाका लागि महानगरले निति तयार पारेको समेत बताइन् ।

भरतपुर महानगरपालिकामा आफू मेयर भएपछि महानगरपालिकाले बनाएका विभिन्न योजनाहरुकाे समेत खुलासा गरिन् । आफ्ना योजनाहरु जुकसुकै रुपमा पनि पूरा गरेरै छाड्ने प्रतिवद्धता उनले व्यक्त गरिन् ।

मेयर दाहालले महानगरमा क्षेत्रमा सुकुम्बासी समस्यालाई विस्तारै व्यवस्थापन गर्ने समेत उल्लेख गरेकी छिन् । महानगर जोड्ने रिङ रोड र लिंक रोड निमार्णको कार्यलाई तत्काल सुरु गर्ने र यसका लागि एकिकृत शहरी विकासका लागि शहरी विकास मन्त्रालयबाट महानगरमा दुई अर्व रुपैयाँ बराबरको वजेट पार्न सफल भएको उनले दावी गरिन् ।

रोटरी क्लब नारायणगढ, गणेशस्थान टोल विकास समिति, गणेशस्थान मन्दिर संरक्षण संवर्धन समिति लगाएतका संघसंस्थाको उपस्थितिमा भएको उक्त कार्यक्रमा स्थानियको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: