Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘बेन नेभिस अल्ट्रा’ दौडमा मिरा राई पहिलाे

काठमाडौं, असोज १। संयुक्त अधिराज्यको ‘बेन नेभिस अल्ट्रा’ दौडमा नेपाली अल्ट्रा धाविका मिरा राई प्रथम भएकी छिन् ।

निर्धारित दुरी १५ घन्टा २७ मिनेट चार सेकेण्डमा पुरा गर्दै उनी महिलातर्फकी पहिलो भएकी हुन् भने समग्रमा छैठौ स्थानमा पुगेकी आयोजकले बताएको छ ।

पुरुषतर्फ पहिलो भएका डोनाल्ड काम्पबेलले १३ घन्टा २४ मिनेट २० सेकेण्डमा दौड पुरा गरेका थिए ।

संयुक्त अधिराज्यको दक्षिण तटमा रहेको विश्व प्रसिद्ध लख नेसबाट सुरु भएको दौड स्कटल्याण्डको पहाडी मैदान हुँदै बेलायतको सबैभन्दा उच्च पहाड बेन नेसिभ पास गरेर स्कटल्याण्डको किन्लोखलेभनमा पुगेर टुंगिएको थियो ।

पुरुष र महिलातर्फ पहिलो हुनेले एक हजार युरो पुरस्कार समेत पाउने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: