Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मतदान गर्न मतदाता परिचयपत्र नचाहिने !

काठमाडौं, असोज १ । २ नम्बर प्रदेशमा भोलि हुने तेस्रो चरणको स्थानीय निर्वाचनका लागि मतदाता परिचय पत्र नभए पनि हुने भएको छ । प्रदेश नं २ का आठ जिल्लामा सम्पूर्ण मतदाताको मताधिकारको सुनिश्चितता गर्न निर्वाचन आयोगले मतदाता परिचयपत्रको अतिरिक्त अरु वैकल्पिक व्यवस्था गरेको हो ।

मतदाताले कुनै कारणवश तस्वीरसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा वैकल्पिक व्यवस्था गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाइने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: