Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चट्याङ लागेर एकको मृत्यु

संखुवासभा, असोज १ । पानीसँगै आएको चट्याङ लागेर खाँदबारी नगरपालिका–६ पाङ्ठामा एक जनाको मृत्यु भएको छ ।

आज राति ११ बजे परेको चट्याङ लागेर ४५ वर्षीया हर्कमाया तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष खड्काले बताए ।

पानी परेसँगै गड्याङगुडुङ गरेपछि बिजुली निभाउन जाने क्रममा उनलाई चट्याङ लागेको थियो । जिल्ला अस्पताल खाँदबारीमा शव परीक्षण गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: