वाईसीएलले गर्याे निगमका महाप्रबन्धक खड्कालार्इ कारवाहीको माग

काठमाडौं । नेपाल आयल निगमका महाप्रबन्धक गोपाल खड्कालार्इ निलम्बन गरी कानुनी कारवाही गर्नुपर्ने योङ्ग कम्युनिष्ट लीग नेपाल (वाईसीएल)ले माग गरेको छ ।

आज वाईसीएल नेपालले आपुर्ति मन्त्री शिवकुमार मण्डललाई ज्ञापनपत्र बुझाउँदै आयल निगमका महाप्रन्धक खड्का सहित जग्गा खरिद प्रक्रियामा संलग्न सबैलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्ने बताएको हो ।

याे पनि पढ्नुस  पर्वतको राम्जामा वाइसिएलको कमिटी गठन

‘आयल निगमको जग्गा खरिद प्रकरण लगायत र यसअघिका अन्य निर्णयहरुमा समेत महाप्रबन्धक गोपाल खड्काप्रति हाम्रो संगठन गभिर आशंका व्यक्त गर्दछ’ ज्ञापनपत्रमा भनिएको छ, ‘तसर्थ महाप्रबन्धक सहित निर्णय प्रक्रियामा संलग्न सम्पूर्ण कर्मचारीहरुलाई तुरुन्त निलम्बन गरी कानुनी कारवाहीका लागि प्रकृया थाल्न माननिय मन्त्री ज्यु मार्फत अनुरोध गर्दछ ।’

याे पनि पढ्नुस  नेपाली क्रिकेट टोलीलाई वाइसीएलले विमानस्थलमा भव्य स्वागत गर्ने

पछिल्लो समय सरकारी र सार्वजनिक संस्थानहरुमा दुबो झैँ भ्रष्टाचार मौलाएको भन्दै भ्रष्टाचारप्रति वाईसीएल नेपालको गम्भिर ध्यानाकर्षण भएको कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्ताे छ विज्ञप्ती 

press-gopal-khadka

कमेन्ट गर्नुहोस्