Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सुपरस्टार बने यी कलाकार जसलाई आमिर खानले रिजेक्ट गरेका थिए

असोज १ । चलचित्रको पर्दामा कलाकारहरुलाई देख्दा जति उनीहरु खुसी देखिन्छन् तर त्यो स्थानसम्म पुग्नका लागि उनीहरुले धेरै मेहनत गरेका हुन्छन् । यस्तै खुलासा गेका छन् बलिउड अभिनेता वरुण धवनले । अहिले सामाजिक सञ्जालहरुमा निकै लोकप्रिय बन्न सफल अभिनेता धवन आफूलाई सबैले माया गरेको बताउँछन् ।

शुक्रबार ‘सिनेमा समिट– फ्यूचर अफ् सिनेमा’ मा सहभागी हुँदै उनले सामाजिक सञ्जालमा आउने सकारात्मक टिप्पणीले प्रेरणा मिल्ने बताए । सामाजिक संजालहरुमा कहिलेकाँही आउने नकारात्मक टिप्पणीले भने आफूलाई निकै तनाव दिने बताए । आफ्नो फिलिमका बारेमा गलत टिप्पणी गरिएमा भने साहै चिन्तित हुने उनले खुलासा गरे ।

त्यस्तै अभिनेता धवनले आफूले अनुशासित जीवन बिताउने गरेको बताए । उनले आफ्नो जीवनको कुनै पनि कुरा कसैसँग नलुकेको बताए । आफ्नो फिल्मि यात्राका बारेमा पनि उनले बताए । सुरुमा एक जना साथीसँग धेरै ठाउँहरुमा अडिसन दिन पुगेको र धेरै ठाउँबाट आफू फालिएको पनि बताए । यतिसम्मकी उनलाई आमिर खानको चलचित्र ‘धोबी घाट’बाट पनि फालिएको थियो । केही टेलिश्रृङ्खलाका लागि पनि उनले अडिसन दिएका थिए । तर उनलाई लिइएन । उनले धर्मा प्रोडक्शनमा सहायक निर्देशक पदका लागि पनि आवेदन दिएका थिए । उनले काम पाइन्छ भन्ने लागेर नै आफ्नो लामो कपाल कटाएको बताए ।

‘माइ नेम इज खान’ मा सहायका निर्देशकको रुपमा काम गरेर बलिउडमा करिअर सुरु गरेका धवन अभिनेताका रुपमा भने ‘स्टुडेन्ट अफ् द इयर’ मा देखिए । त्यसपछि उनले मेँ तेरा हिरो, हम्प्टी शर्माकी दुल्हनिया, बदलापुर, एबिसिडी २, दिलवाले, ढिशुम, बद्रीनाथकी दुल्हनियाजस्ता सफल चलचित्रमा अभिनय गरे ।
उनको बहुप्रतिक्षित चलचित्र ‘जुडवा २’ आउँदो सेप्टेम्बर २९ मा रिलिज हुने तयारीमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: