काठमाडौं, असोज १ – चुनावको पूर्वसन्ध्यामा धनुषाको प्रहरी प्रमुख फेरिएका छन् । धनुषामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) लालमणि आचार्यको ठाउँमा एसपी चक्रबहादुर सिंहलाई ल्याइएको छ ।
लालमणिलाई प्रहरी प्रधान कार्यालय आतंकवाद नियन्त्रण महाशाखामा तानिएको छन भने उनको ठाउँमा एसपी चक्रबहादुर सिंहलाई पठाइएको हो ।
यसभन्दा अघि नै लालमणिको ठाउँमा सिआइबीमा कार्यरत एसपी मिरा चौधरीको सरुवा भए पनि पूर्व गृहमन्त्री विमलेन्द्र निधिको दवावमा उनको सरुवा रोकिएको थियो । चुनावलाई प्रभाव पार्न आफू निकटका प्रहरी अधिकृतलाई धनुषा सरुवा गरेको पूर्व गृहमन्त्रीलाई आरोप लाग्दै आएको छ ।