हाइटेन्सन लाइन चुँडिदा १३ घाइते

असोज २ – मोदी गाउँपालिका–८ चित्रेमा आइतबार ११ केभिए हाइटेन्सन लाइन चुँडिदा दुई बालिकासहित १३ जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ ।

विद्युत् प्रभाव भइरहेका वेला दिउँसो ४ बजे तार चुँडिएर घरमा वितरण गरिएको तल्लो लाइनमा करेन्ट प्रवाह भएको थियो । करेन्ट चित्रेको ओडारे, स्यानी उकाली र तोरीस्वाँराका घरमा प्रभाव भएको थियो ।

करेन्ट लागेर स्कुलबाट घर फर्कंदै गरेका १२ वर्षीया आरती परियार र सन्तोषी विकको हात पूरै जलेको छ । शरीरका अन्य भागसमेत जलेको पञ्चकोशी आधारभूत विद्यालयका प्रधानाध्यापक मधुसुधन अधिकारीले जानकारी दिए । उनका अनुसार दुवैको अवस्था गम्भीर छ । अन्य घाइतेको नाम खुल्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्