राजविराज वडा नं १५ को निर्वाचन सर्यो

राजविराज,असोज २ । राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का वडाध्यक्ष उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि सो वडाको मतदानको कार्यलाई स्थगित गरी यही असोज ५ गते गर्ने निर्णय भएको छ  ।

साबिकको देउरी भरुवा गाविस हाल राजविराज नगरपालिका–१५ बस्ने राजपाका वडाध्यक्ष पदका उम्मेदवार ६५ वर्षीय यादव केही दिनयता रक्त क्यान्सरबाट पीडित थिए । शनिबार साँझ घरमै उनको निधन भएको थियो ।

यादवको निधनका कारण राजविराज नगरपालिका वडा नं १५ को निर्वाचन सारेर यही असोज ५ गते मतदान हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले राससलाई बताए ।

यही असोज २ गते सोमबार प्रदेश नं २  अन्तर्गत सप्तरी जिल्लामा हुने स्थानीय तह निर्वाचनका लागि उनले राजविराज नगरपालिका वडा नं १५ बाट राजपा नेपालका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्