विश्वविद्यालयले मनोमानी शुल्क बृद्धि गरेको विराेधमा अखिल क्रान्तिकारी आन्दोलित

काठमाडौं, असोज २ । अनेरास्ववियु (क्रान्तिकारी)ले मेडिकल शिक्षा शुल्क सम्वन्धि निर्देशनको उल्लङ्घन गरी काठमाडौं विश्वविद्यालयल मनोमानी रुपमा शुल्क बृद्धि गरेको भन्दै आन्दोलित भएको छ । क्रान्तिकारीले सरकारले २०७३ साल मंसिर १९ गते गरेको निर्णय अनुसार उपत्यकामा एमविविएस तर्फ ३८ लाख ५० हजार भन्दा बढी शुल्क लिन नपाउने भन्दै विश्वविद्यालयलाई स्पष्ट पारेको छ ।

क्रान्तिकारीको विज्ञप्तीमा भनिएको छ,‘विद्यार्थी आन्दोलन र अन्य विभिन्न आन्दोलनको जगमा सरकारले जारी गरेको मेडिकल शिक्षा शुल्क सम्वन्धि निर्देशनलाई काठमाडौं विश्वविद्यालयले ठाडो उल्लङ्घन गरेको तर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

याे पनि पढ्नुस  कता जाँदैछन अखिल र अखिल क्रान्तिकारी ?

विज्ञप्तीमा उल्लेख छ,‘नेपाल सरकारले मिति २०७३/०८/१९ गते गरेको निर्णय अनुसार उपत्यकामा एमविविएस तर्फ ३८ लाख ५० हजार भन्दा वढि लिन पाइदैन । तर काठमाडौं विश्वविद्यालयले यसको ठाडो अवज्ञा गर्दै उपत्यकामा ४३ लाख ९० हजार भन्दा बढी शुल्क तोकेको छ ।’

क्रान्तिकारीले उपत्यका बाहिर ४२ लाख ४५ हजार भन्दा वढि शुल्क लिन नपाइने व्यवस्था हुँदाहुँदै काठमाडौं विश्वविद्यालयले उपत्यका बाहिर ४९ लाख ९० हजार शुल्क तोकेको बताएको छ ।

याे पनि पढ्नुस  हारबाट अत्तालियो एमाले अखिल, चुनाव नभएका क्याम्पसमा पनि जितेको प्रचार

त्यसैगरी, विडिएस तर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ भन्दा वढि लिन नपाइनेमा विश्वविद्यालयले २२ लाख शुल्क तोकिएको, यस वाहेक पनि रजिस्ट्रेसन, परीक्षा, सम्वन्धन, इन्ट्रर्निसप लगायतका विभिन्न उपशिर्षक खडा गरि थप मोटो रकम असुल्न खोजेको क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको आरोप छ ।

याे पनि पढ्नुस  कता जाँदैछन अखिल र अखिल क्रान्तिकारी ?

यसरी विद्यार्थी र अविभावकको ढाड सेक्ने गरि सरकारको नीति र निर्णयको समेत हुर्मत लिनेगरी भएको शुल्कवृद्धिको निर्णय अविलम्ब खारेज गरेर मात्र भर्ना प्रक्रिया अघि वढाउन अध्यक्ष तामाङले माग गरेका छन् । उनले विश्वविद्यालयले शुल्क बृद्धि तत्काल खारेज नगरे आन्दोलनमा उत्रिने पनि चेतावनी दिएका छन् । तामाङले सरकारले निर्धारण गरेको किस्ता प्रणाली र मेरिट लिस्ट कडाईपूर्वक पालना गर्न विश्वविद्यालयसँग मागसमेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्