अध्यक्षका स्वतन्त्र उम्मेदवार पक्राउ

महोत्तरी, असोज २ । आज भइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवार पक्राउ परेका छन् ।

आज विहान सोनमा गाँउपालिका–८ सिंहासनी माविस्थित मतदान केन्द्रमा सामान्य विवादपछि सुरु भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । जसमध्ये एक जना गाउँपालिकाका अध्यक्षका स्वतन्त्र उम्मेदवार राजवीर यादव रहेका छन् ।

मतदान केन्द्र बाहिर यादव र स्थानीय सरोज यादवबीच सामान्य विवादपछि हात हालाहालको स्थिति सिर्जना भएको थियो ।

अहिले मतदानस्थलको सुरक्षा व्यवस्था अत्यन्त कडा रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । अहिले जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्